नेपाली युथ फोरम अष्ट्रेलियाले स्वर्गिय सुरज भट्टराईको स्मृतिमा सिड्नीमा रक्तदान कार्यक्रम गर्ने।

महेश्वर शर्मा ,असनेपाल न्युज सिड्नी अष्ट्रेलिया,हामीले अरु मानिसका लागी केहि सहयोग गर्न सक्यौं भने त्यो नै ठूलो धर्म हो। त्यसैले भनिन्छ “सेवा नै धर्म हो” समाजमा सदैव परोपकारी कार्यको लागी अघि बढीरहने संस्था नेपाली युथ फोरम अष्ट्रेलिया Nepali Youth Forum Australia (NYFA) ले सिड्नीमा रक्तदान कार्यक्रम गर्ने भएको छ। नेपाली युथ फोरम अष्ट्रेलियाका संस्थापक महासचिव तथा समाजसेबी स्वर्गिय सुरज भट्टराईको ४५ औँ दिन को पुन्यतिथीमा उहाँको स्मृतिमा यहि २०१६ जुन १० र ११ (शुक्रवार र शनिवार ) रक्तदान कार्यक्रम गर्नेभएको हो।
रक्तदान कार्यक्रम ४८३ जर्ज स्ट्रिट टाउनहल, (Australian Red Cross Blood Donor Centre) सिड्नीमा हुने भएको छ। असनेपाल न्युज सँग कुरा गर्दै रक्तदान कार्यक्रमका संयोजक तथा संस्थाका सचिव सागर अधिकारीले यस पुन्यकार्यको लागी रक्तदान गरि सहयोग गरिदिनहुन सबैमा अनुरोध गरेका छन।
गत वर्ष २०१५ जनवरी २४ तारिकमा पनि नाईफाले रक्तदान कार्यक्रम गरेको थियो। साथै रक्तदान कार्यको लागि ०४५१६३४७२२ मा सागर अधिकारीलाई फोन सम्पर्क गरि नाम दर्ता गर्न सकिनेछ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु