दुर्घटनाग्रस्त इजिप्टको विमानको भग्नावशेष अलेक्जेन्ड्रिया नजिकै भेटियो

कायरो बिहीबार फ्रान्सको राजधानी पेरिसबाट कायरोका लागि उडेको दुर्घटनाग्रस्त विमानको भग्नावशेष अलेक्जेन्ड्रियाको नजिकै फेला परेको इजिप्टको सेनाले शुक्रबार जनाएको छ ।

Debris-of-the-Egyptair-crashविमानमा ६६ जना यात्रु र चालक दलका सदस्यसहित पेरिसबाट कायरोका लागि उडेको इजिप्ट एयरको एयरबस ३२० को फ्लाइट नं ८०४ को भग्नावशेष र यात्रुका सामानहरु अलेक्जेन्ड्रिया नजिकैको भूमध्यसागरीय इलाकामा फेला परेको इजिप्टको सेना तथा ग्रीसका रक्षामन्त्रीले बताएका छन् ।

खोजीका क्रममा विमानको भग्नावशेष दुई सिट र सुटकेसहरु अलेक्जेन्ड्रियाबाट करिब २९० किलोमिटर टाढा भेटिएको इजिप्टको सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद समीरले बताए ।

आतङ्कवादी हमलाको सम्भावना

Debris-of-the-Egyptair-crash (2)इजिप्टका नागरिक उड्ययन मन्त्री सरिफ फाथेले इजिप्टएयरको विमान वेपत्ता हुनुमा प्राविधिक भन्दा आतङ्ककारी हमला भएको बढी संम्भावना भएको बताउनु भएको छ ।

पेरिसबाट इजिप्टको राजधानी कायरोतर्फ उडेको इजिप्टएयरको सो विमानको उडेको केही समयपछि राडरसँग बिहीबार बिहान २ः४५ बजे सम्पर्क विच्छेद भएको थियो ।

बिहीबार बिहान पेरिसबाट उडेको सो विमान दुर्घटनामा परेको समाचार अपरान्ह आएको थियो ।

Debris-of-the-Egyptair-crash (2)यसअघि बिहीबारै सो विमान दुर्घटनाग्रस्त भएको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले दिएका थिए ।
इजिप्ट र ग्रिसले बिहीबार साँझ सो विमानको खोजीका लागि सामुद्रिक र स्थल सेना पठाएका थिए ।

उक्त विमानमा अधिकांश इजिप्टेली र २६ जना विदेशी नागरिक थिए । विदेशीमध्ये १५ जना फ्रान्सेली रहेका थिए । विमानमा बेलायती र क्यानाडेली पर्यटक पनि रहेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु