संघीय गठबन्धनले जेठ १५ सम्म काठमाडौं नछाड्ने : यस्तो छ, आन्दोलनका कार्यक्रमहरु

k|wfgdGqL lgjf; 3]/fp ;+ljwfgsf s]xL aF'bfk|lt c;Gt'i6 hgfpFb} k|wfgdGqL ;/sf/L lgjf; afn'jf6f/df dªunaf/ 3]/fp ug{ k'usf ;ª3Lo u7aGwgsf g]tf / sfo{stf{ lgif]lwt If]qdf k|j]z ug{ vf]Hbf k|x/L;Fu em8k x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । संघीय गठबन्धन संयुक्त आन्दोलन समितिले ११ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बुधबार बसेको आन्दोलन मुल परिचालन समितिको बैठकले ६ जेठबाट १७ जेठसम्म जुलुस, र्‍याली र विरोध सभा गर्ने गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – दुई दिन मुख्य प्रशासनिक केन्द्र सिंहदरबार र एक दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेपछि त्यसको समीक्षा गर्न बसको बैठकले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । ‘संघीय गठबन्धनद्वारा जारी रहेको आन्दोलनलाई संविधान पुनर्लेखन गरी मधेसी, आदिवासी जनजाति, खस समुदाय, शिल्पी समुदाय (दलित), थारू, अल्पसंख्यक समुदाय, मुस्लिम, महिला, पिछडावर्ग, सीमान्तकृत समुदाय, लोपोन्मुख जातजातिलगायत बहिष्करणमा पारिएका र परेका समुदायका मुद्दालाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रूपमा जारी नै राख्ने निर्णय गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

फरक–फरक पार्टीको व्यवस्थापन
११ दिने आन्दोलन प्रत्येक दिन फरक–फरक स्थानमा र फरक–फरक पार्टीले व्यवस्थापन गर्ने गरी तय गरिएको छ । बैठकले ६ जेठमा अपराह्न ४ बजे संघीय समाजवादी फोरम नेपाल, लिम्बुवान संयुक्त संघर्ष समिति र नेपास् राष्ट्रिय पार्टीको व्यवस्थापनमा लगनखेलबाट जुलुस निकाली मंगलबजार दरबारमा पुगेर कोणसभा गर्ने कार्यक्रम तय गरेको छ ।
७ जेठ : अपराह्न ४ बजे राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, फोरम ९गणतान्त्रिक०, तराई मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, लिम्बुवान मुक्ति मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपालको संयोजनमा नयाँ बानेश्वरमा आमसभा गर्ने कार्यक्रम तय गरिएको छ ।
८ जेठ : दिउँसो ३ बजे ताम्सालिङ संयुक्त संघर्ष समिति, आदिवासी जनजाति पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टीको व्यवस्थापनमा सीतापाइला चोकबाट जुलुस निकाली स्वयम्भूमा पुगेर कोणसभा गर्ने कार्यक्रम गठबन्धनको छ ।
९ जेठ : अपराह्न ४ बजे जोरपाटी र गौशालाबाट शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति, आदिवासी जनजाति पार्टी नेपालको व्यवस्थापनमा जुलुस निकाली चाबहिल चोकमा पुगेर कोणसभा गरिनेछ ।
१० जेठ : अपराह्न ४ बजे नेवास् राज्य मंकास् संघर्ष समिति, संघीय समाजवादी फोरम नेपाल, नेपास् राष्ट्रिय पार्टी, आदिवासी जनजाति पार्टी नेपालको व्यवस्थापनमा टियू गेटबाट जुलुस सुरु गरी कीर्तिपुर नयाँबजारमा पुगेर कोणसभा गर्ने विज्ञप्तिमा जनाइएको छ ।
११ जेठ : अपराह्न ४ बजे भक्तपुर बसपार्कबाट संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्बुवान पार्टी र नेपास् राष्ट्रिय पार्टीको व्यवस्थापनमा जुलुस निकाली न्यातपोलमा पुगेर कोणसभा गर्ने गठबन्धनले जनाएको छ ।
१२ जेठ : ३ बजे बालाजु चोकबाट संघीय जनमुक्ति पार्टी, तमुवान संयुक्त संघर्ष समिति, संघीय समाजवादी फोरम नेपालको व्यवस्थापनमा जुलुस निकाली बालाजु बाइपासमा पुगेर कोणसभा हुनेछ ।
१३ जेठ : सोल्टीमोडबाट संयुक्त मगरात मञ्च, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी नेपाल र राष्ट्रिय शिल्पी आन्दोलनको व्यवस्थापनमा जुलुस निकाली कलंकी चोकमा पुगेर कोणसभा गर्ने जनाइएको छ ।
१४ जेठ : शंखधर साख्वा चोकबाट अपराह्न ४ बजे संघीय समाजवादी फोरम नेपालको व्यवस्थापनमा जुलुस निकाली मध्यपुर ठिमीमा पुगेर कोणसभा गर्ने निर्णय भएको छ ।
१५ जेठ : असन र लगनटोलबाट संघीय समाजवादी फोरम नेपाल, संयुक्त नेवास् स्वायत्त राज्य संघर्ष समिति, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, आदिवासी जनजाति पार्टी नेपाल र नेपास् राष्ट्रिय पार्टीको व्यवस्थापनमा ४ बजे जुलुस निकाली वसन्तपुर– जुद्ध सालिकमा पुगेर कोणसभा गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै, १६ जेठमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको व्यवस्थापनमा वीरगन्जमा र्‍याली एवं विरोधसभा गर्ने र १७ जेठमा तमुवान संयुक्त संघर्ष समितिको व्यवस्थापनमा पोखरामा र्‍याली एवं विरोधसभा गर्ने कार्यक्रम तय भएको छ ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु