छ घन्टापछि बाटो खुल्यो

ktmवैशाख २९ । राजविराज, मङ्गलबार साँझ आएको हावाहुरीका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको जन्डौलमा रूख ढलेर अवरुद्ध रहेको बाटो मध्यरातदेखि सञ्चालनमा आएको छ ।

अवरुद्ध बाटो खुलाउन इलाका प्रहरी कार्यालय कञ्चनपुर र मोहली प्रहरी चौकीको सक्रियतामा बाटो खुलाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

सो ठाउँमा मङ्गलबार साँझ शिशिरको ठूलो रूख मुख्य सडकमै ढलेर राति ६ घन्टा बाटो अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि करिब चार हजार बस, ट्रक राजमार्गमै रोकिएका थिए । रात्रिकालीन बस रोकिएर यात्रुलाई समस्या भएपछि जन्डौलदेखि भारदहसम्म प्रहरी परिचालन गरिएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु