प्रधानमन्त्री ओलीले भने, यो सरकार म्यादी नै हो भनेर

561a627b12b89काठमाडौ. । प्रधानमन्त्री केपी ओलीले संसदीय निर्वाचन सम्पन्न नभएसम्म सरकार परिवर्तन नहुने दाबी गरेका छन् ।
नयाँ पत्रिका दैनिक लेख्छ, आगामी १५ जेठमा बजेट प्रस्तुत गरेलगत्तै नेतृत्व परिवर्तन गर्ने भद्र समझदारी भएको चर्चा चलिरहेकै वेला प्रधानमन्त्री ओलीले त्यस्तो दाबी गरेका हुन् ।

‘कसै–कसैले यो सरकारलाई म्यादी सरकार भनेको सुनिन्छ, कसैले अद्यावधिक सरकारका रूपमा बुझेका छन्, यस्तो बुझाइ एक अर्थमा ठीकै हो, यो म्यादी सरकार नै हो,’ संविधानसभाको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा सोमबार ओलीले भने, ‘आगामी मंसिरभित्र स्थानीय निर्वाचन गराउनु छ, अर्को ०७४ माघ ७ गतेभित्र संसदीय चुनाव गराएर बिदा लिनु छ ।’ यो सरकार दीर्घजीवी होइन उनले संविधानले नै निर्वाचनमार्फत सरकार परिवर्तन हुने अद्यावधिक व्यवस्था गरेकाले बाहिर म्यादी वा अद्यावधिक सरकारका रूपमा चर्चा हुनु कुनै नौलो कुरा नभएको तर्कसमेत गरे । ‘निर्वाचनपछि यो सरकार रहँदैन, अद्यावधिक भइहाल्छ, संविधानमै ७ माघ २०७४ भित्र चुनावपछि अद्यावधिक हुने व्यवस्था छ, त्यसैले यो सरकार दीर्घजीवी सरकार होइन भनेर सबैले बुझ्दा हुन्छ,’ उनले भने । सांसदलाई निर्देशन ओलीले नीति तथा कार्यक्रमको सकारात्मक पक्षमा तथ्यपरक र अनुशासित ढंगले आफ्ना धारणा राख्न सांसदलाई निर्देशन पनि दिए ।

सम्बन्धित शिर्षकहरु