वार्तामा बस्नुको औचित्य समाप्त भइसक्यो : कर्ण

maxresdefaultकाठमाडौं । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्ता समितिका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यसअघि नै आफू मधेसमा दुई प्रदेशको पक्षमा रहेपनि त्यस्तो सहमति गर्न नसक्ने बताईसकेकोले वार्तामा बस्नुको औचित्य नभएको बताएका छन् । उनले सरकाले आइतबार वार्ताका लागि पत्र पठाए पनि त्यसको अर्थ नरहेको बताएका हुन् ।
उनले प्रधानमन्त्री तथा एमाले अध्यक्ष, नेपाली कांग्रेसका सभापति र एमाओवादी अध्यक्ष वार्तामा बसेमात्रै आफूहरू वार्ताको लागि तयार रहेको बताए ।
उनले सरकारको पत्रमा केही दिनमै बैठक बसेर औपचारिक रुपमा पत्रमार्फत नै जवाफ दिने जानकारी दिँदै झुठा मुद्दा फिर्ता, मानवअधिकार उल्लङ्घनको छानविन गर्न न्यायिक आयोग गठन र घाइतेहरुको उपचार गरेर बातावरण निर्माण गरेर औचित्यपूर्ण अवस्था बनाएमात्रै वार्ता गर्ने बताए ।
सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने ठोकुवा गर्दै यसलाई कुनै काममा नआउने आर्कषक हात्तिको देखाउने दातको भएको टिप्पणी दिए ।
कर्णले भने, “प्रदेश नै अन्तिम भएको छैन, संविधान अनुसारको संरचना खडा भइसकेको छैन । सबै सरकारको विरुद्धमा रहेको बेला स्थानीय निकायको निर्वाचनको कुरा गरिएको छ । यस्तो अवस्थामा यो कसरी कार्यान्वयन हुन सक्छ । यथास्थितिमा हामी निर्वाचन हुनै दिँदैनौ ।”
उनले भएका विश्वविद्यालयहरुको संरचना खडा हुन नसकिरहेको अवस्थामा नयाँ विश्वविद्यालय निर्माण गर्ने कुरा कार्यान्वयन हुनै नसक्ने भन्दै मुलुकमा कायम रहेको द्वन्द्व समाधान नहुन्जेलसम्म केही पनि कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे ।
कर्णले राष्ट्रपतिको मर्यादा कायम राख्न आफूहरुले विरोध नगरी संसद बहिस्कार मात्रै गरेको भन्दै नीति तथा कार्यक्रमको छलफलमा आफूहरु सहभागि नहुने स्पष्ट पारे ।
उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भन्दा अघि प्रधानमन्त्रीले संसदमा सबैभन्दा लामो बोलेर अघिकांश कुरा सार्वजनिक गरेको भन्दै उक्त कुरा गलत भएको समेत बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु