फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ८० औ स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान घटुवा भएको हो ।

गत महिना नेपाल १ सय ७९ औ स्थानमा रहेको थियो । दक्षिण एशियामा नेपाल पाँचौ स्थानमा छ । दक्षिण एसियाको नयाँ बरियतामा शीर्ष स्थानमा रहेको अफगानिस्तान १ सय ४७ औ स्थानमा छ । माल्द्धिभ्स दोस्रो, भारत तेस्रो र बंगलादेश चौथो स्थानमा रहेको छ । माल्दिभ्स १ सय ६० औ, भारत १ सय ६२ औ र बंगलादेश १ सय ७८ औ स्थानमा रहेको छ । दक्षिण एसियमा नेपाल भन्दा पछि रहेका भुटान १ सय ८६ औ, श्रीलंका १ सय ८७ औ र पाकिस्तान १ सय ९० औ स्थानमा छन् ।

नयाँ वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा रहदा, बेल्जियम दोस्रो, चिली तेस्रो तथा कोलम्विया चौथो स्थानमा यथावत रहेका छन् । विश्व च्याम्पियन जर्मनी पनि पाँचौ स्थानमा यथावत रहेको छ । फिफाले प्रत्येक महिना उसका दुई सय नौ राष्ट्र सदस्यहरुबीचको बरियता सार्वजनिक गर्ने गर्छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु