सिड्नीमा जम्यो ड्रिम्स

सिड्नी । सिड्नीबासी नेपालीको राम्रो नेपाली चलचित्र हेर्न चाहनालाई ड्रिम्सले पुरा गरिदिएको छ । नेपालमा जस्तै सिड्नीबासी नेपालीहरू माझ पनि यो चलचित्रले आफ्नो उपस्थितिले उनीहरुको चाहना पूर्ति गरिदिएको हो।
बिशेष गरेर नायक अनमोल केसीको क्रेज ब्यापक नै देखियो। अनमोल र भुवन केसीसँग तस्वीर खिचाउन लामो समयसम्म प्रतिक्षा गरिरहेको दृश्य निकै नालौ थियो ।

534736_455267211163825_831093970_nपछिल्लोपटक सिड्नीमा ल्याइएका नेपाली चलचित्रहरू मध्ये दर्शकहरूको प्रतिक्षाको चलचित्र बनेको ड्रिम्स शुक्रबारदेखि नै रिलिजमा आएको हलिउडको चलचित्र क्याप्टेन अमेरिकाको शोलाई समेत सिड्नीमा पछाडि पार्न सफल भयो ।

नेपालीहरूको बसोबास सिड्नीमा बाक्लिँदै जानु र नेपाली चलचित्रप्रति उनिहरूको झुकाव बढ्नु प्रबासमा नेपाली चलचित्रको भविष्य राम्रो देखिनु हो ।

सिड्नीको ईभेन्ट सिनेमा हलमा एकै दिन हलिउड चलचित्र क्याप्टेन अमेरिका र नेपाली चलचित्र ड्रिम्स एकै दिन शो हुँदा हलिउडको भन्दा नेपाली चलचित्र हेर्ने दर्शकहरूको संख्या बढी थियो । ‘आज यो कुरा सुनाउँदा हामीलाई गर्व लागेको छ कि अष्ट्रेलियामा एउटा राम्रो नेपाली चलचित्र ल्याउने अबसर पायौं’ राजमान थकालीले सञ्चारकर्मीसँग भने।

तीन दिन लगातार शो गरिएको ड्रीम्सको दर्शकहरूको मागका कारण अन्य शोहरू पनि थपिने पक्का भएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु