प्रधानमन्त्री ओली सरकार छोड्न तयार !

561a627b12b89काठमाडौं । सत्तारुढ एमाले र एमओवादीबीच सरकारकै विषयमा खटपट भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले आवश्यक परे आफू सरकारको विकल्प खोज्न पनि तयार रहेको बताएका छन् । मंगलबार राती अबेरसम्म चलेको बैठकमा ओलीले आफू सहमतिकै पक्षमा रहेको भन्दै विकल्पमा जान पनि तयार रहेको बताएका हुन् ।

बैठक सुरु गर्दै ओलीले भने, ‘विकल्पका लागि म तयार छु’
हामीले अत्यन्तै अप्ठ्यारो अवस्थामा समझदारी गर्‍यौा जसले देशलाई नयाा संविधान र नयाा सरकार दियो । एउटै गठबन्धनमा बस्दा केही राम्रा काम पनि भएका छन्, केही अप्रिय पनि भए होलान् । अप्रिय अनुभवलाई पाठ मानेर अगाडि बढ्न सकिन्छ । होइन, नयाा विकल्पमै जाने हो भने पनि म त्यसका लागि तयार छु, सकारात्मक रूपमा छलफल गरौ ।

प्रचण्डले भने, ‘गठबन्धन ठीक थियो, तर अब थप उदार बनौ’

दलहरूबीचको असमझदारीले संविधान नै नबन्ने हो कि भन्ने स्थिति थियो, तर भूकम्पले राष्ट्रिय संकट आएको अवस्थामा हामीले समझदारी गरेका हौ । त्यो समझदारीले प्रतिकूलताबीच पनि संविधान बन्यो र व्यवधानबीच पनि सरकार बन्यो । संविधान बनाउन र सरकार बनाउन भएको सहकार्य ठीक थियो । तर, अब संविधान कार्यान्वयन गर्नुपर्ने चुनौती छ, जो स्वाभाविक गतिमा अघि बढ्न सकेको छैन । त्यस्तै, संविधान कार्यान्वयन गर्ने र शान्तिप्रक्रिया टुंग्याउने विषयमा हाम्रो गठबन्धन पर्याप्त भएन । त्यसमा सरकारबाहिर रहेको कांग्रेस र संविधानबाहिर रहेको मधेसी मोर्चालाई पनि समेट्नु आवश्यक छ । हामी सागै अघि बढौा, त्यसका लागि तयार बनौ।

माधव नेपालले भने, ‘प्रतिकूलता छन्, तर गठबन्धन बचाउनुपर्छ’
देश अप्ठ्यारो अवस्थामा रहेको वेलामा बनेको सरकारले आफूलाई होइन, जनतालाई सुविधा दिनुपर्ने हो । यसमा सरकार असफल भएकै हो । भूकम्पले क्षतविक्षत बनाएका संरचनाका पुनर्निर्माण र पीडितलाई पुनर्वास गराउने विषयमा सरकारी संयन्त्रले गरेको काम सन्तोषजनक छैन । त्यस्तै, सुशासनको अनुभव गर्न पनि जनताले पाएका छैनन् । यसमा सरकारले आफ्ना कमजोरी महसुस गर्नुपर्छ र सुधार गर्दै जानुपर्छ । तर, अहिले गठबन्धनको विकल्प खोज्ने वेला भएको छैन, गठबन्धन बचाउनुपर्छ ।

प्रचण्डले फेरि भने, ‘कांग्रेसको नयाँ प्रस्ताव आएको छ’
शान्तिप्रक्रियाको काम अझै टुंगिएको छैन । संविधान निर्माण प्रक्रियादेखि नै बाहिर रहेका मधेसीहरूलाई मूलधारमा ल्याउन सकिएको छैन । सीमांकनलगायतका विवाद मिलाएर संघीयता कार्यान्वयन गर्न पनि ढिलाइ भइरहेको छ । त्यस्तै, पुनर्निर्माणको काम स्वाभाविक रूपमा अघि बढ्न नसक्दा जनतालाई मर्का परेको छ । यी सबै काम गर्न अहिलेको गठबन्धन पर्याप्त छैन भन्ने हामीलाई लागेको छ । राष्ट्रिय सहमति बनाएर सबै जटिल विषयलाई सम्बोधन गर्न नेतृत्व तपाईं लिनुस् भनेर कांग्रेसले मलाई भनिसकेको छ । अब हामीले के गर्ने रु साझा निष्कर्ष बनाउन प्रधानमन्त्रीको प्रतिक्रियाको अपेक्षा छ ।

ओलीले भने, ‘निष्कर्ष तपाईंले दिइसक्नुभयो, अब खाना खाऔ’

निष्कर्ष तपाईंले नै दिइसक्नुभयो, अब खाना खाऔ, बाँकी कुरा भोलि शीर्ष तहमा बसेर कुरा गरौला । आजको नयाँ पत्रिका दैनिक

Comments

comments

सम्बन्धित शिर्षकहरु