नेपाली झन्डासहितका जहाज चीनमा अलपत्र

planeकाठमाडौं । नेपालले ल्याउन लागेका चारवटा जहाज ६ महिनाअघि नै तयार भए पनि चीनका दुई ठूला फ्याक्ट्रीका मैदानमै अलपत्र छन्।

एभिक एयरक्राफ्ट कम्पनी लिमिटेड, सियानस्थित मैदानमा एमए ६० जहाज र रुसको सीमानजिकको सहर हार्बिनको एभिक एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनीको मैदानमा तीनवटा वाई १२ जहाज राखिएका छन् । चारवटै जहाजमा नेपाली झन्डा राखिएको छ।

चिनियाँ अधिकारीका अनुसार यी चार जहाजका लागि नेपालले ६० प्रतिशत रकम अर्थात् २१०६ मिलियन डलर तिरिसकेको छ।‘सरकारका प्रतिनिधिसहितको पाइलट र प्राविधिक टोलीले गत डिसेम्बरमा नै चीनका दुवै सहरमा पुगेर परीक्षण उडान र प्राविधिक जाँच गरिसकेका छन्’, कम्पनीका प्रमुख इन्जिनियर सोंग चाँगले भने, ‘नेपालले जहाज लैजाने दिन पर्खिरहेका छौं।’

उत्पादक कम्पनीको मैदानमा राखिएका यी चारवटै जहाजमा नेपाल वायुसेवा निगमको रङसमेत लगाएर ठिक्क पारिएको छ। सबै जहाजमा नेपाली कलसाइनसमेत उल्लेख गरेर तयार पारिएको छ । नेपालमा उडानका लागि दर्ता गरेपछिमात्र कलसाइन प्रयोग गर्न पाइन्छ।

९ एन एकेभी, ९ एन एकेयू, ९ एन एकेटी कल साइनका यी जहाज सन् २०१४ मा तत्कालीन सरकारले न्यूनतम ब्याजको चीनकै ऋणमा खरिद गर्ने सम्झौता गरेको थियो।दुई सरकारबीच भएको सम्झौतामा दुईवटा एमए ६० र ४ वटा वाई १२ जहाजमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज उपहारका रूपमा चीन सरकारले दिने र बाँकी ४ जहाज चीनको एक्जिम बैंकले न्यूनतम ब्याज ९१।५ प्रतिशत० मा सात वर्षको ग्रेस समय सावाँ तिर्नु नपर्ने, ब्याजमात्र तिर्ने दिने उल्लेख छ।

जम्मा ६ वटा जहाजमध्ये उपहारका रूपमा पाएका दुईवटा जहाजमात्र नेपालले लिएर उडानमा प्रयोग गरेको छ । यो प्याकेज सम्झौतामा उपहारबाहेकको जहाजका लागि ३५.१ मिलियन अमेरिकी डलर रकम नेपालले तिर्ने सर्त राखिएको छ।

‘हामीले हाम्रातर्फबाट सबै काम सकेर नेपाललाई केही महिनाअघि नै लिन आउने निम्तो दिएका छौं’ एभिक कम्पनी सियानका उपनिर्देशक चांग युलोंगले भने, ‘उडान परीक्षण सफल गरेर टोली नेपाल गएको पनि धेरै भइसक्यो।’ उनले निर्माण भइसकेको जहाज उडानमा प्रयोग गरेर नेपालले धेरैभन्दा धेरै फाइदा लिनुपर्नेमा थन्किएर बस्नु राम्रो नभएको बताए।

एभिक हार्बिनका उपाध्यक्ष तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेता गु हाई छेंगले नेपाललाई भविष्यमा पनि सहयोग गर्न तयार रहेको बताए। उनले नेपाललाई दिएका मोडलका चिनियाँ जहाजहरू गुणस्तर मापन गर्ने अमेरिकी संस्था फेडेरल एभिएसन अथोरिटी एफएए बाट समेत गुणस्तरयुक्त प्रमाणित भएको बताए।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले ६० प्रतिशत रकम तिरिसकिएका यी जहाज छिट्टै नेपाल ल्याउनेबारे आफूले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको बताए।

चिनियाँ अधिकारीका अनुसार यी जहाजका लागि दुईजना नेपाली चालकलाई प्रशिक्षक पाइलटको तालिमसमेत चीनले दिइसकेको छ भने ८ जनालाई पाइलट तालिम, १६ जनालाई ग्राउन्ड क्रियु तालिम र आठजनालाई फ्लाइट एटेन्डेन्स तालिम दिइएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु