चुट्किमै सरकार ढाल्छौं : नेता केसी

Arjun-narsing-kcकाठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेससँग चुट्कीको भरमा बर्तमान सरकार ढाल्ने क्षमता भएको दावी गरेका छन । यद्यपि अहिले सरकार ढालेर मात्रै समस्या समाधान नहुने भएकोले कांग्रेसले त्यसो नगर्ने उनको भनाइ थियो ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भूकम्पपछिको पुनर्निर्माण, मधेस समस्याको समाधान, कालबजारी, तस्करी सरकारको गतिविधीको विषयमा आफूहरु सन्तुष्ट नभएको स्पष्ट पार्दै अब यस विषयलाई लिएर कांग्रेस संसद् र

सडक आन्दोलनमा उत्रने चेतावनी दिए ।
साक्षात्कारमा उनले भने, “सरकारको कामसँग हामी सन्तुष्ट छैनाँ । मुलुकको समस्यामा छलफल गर्न तत्काल संसद बोलाउनु पर्छ । सरकार गम्भीर नभए हामी संसद् चल्न नदिने मात्रै होइन, सडक आन्दोलनमा जाने सम्मको मनस्थितिमा छौँ । सरकार कुनै पनि विषयमा गम्भीर नभएकोले केन्द्रीय समितिको बैठक बसेर हामी कुन हदसम्म जानु पर्ने हो जान्छौँ ।”
केसीले सुनवाई समिति नभएको अवस्थामा सरकारले एकतर्फी रूपमा राजदुत नियुक्तिको सिफारिस गरेको प्रति आफूहरुको आपत्ति रहेको भन्दै यसको कडा प्रतिरोध गर्ने चेतावनी दिए ।
नेकपा (एमाले)का सचिव भीम आचार्यले नेपाली कांग्रेसले भन्दैमा वा कोशिस गर्दैमा यो सरकार नढल्ने दावी गर्दै सरकार ढाल्ने ल्याकत कांग्रेससँग नभएको बताए ।
उनले भुकम्पपछिको पुनःनिर्माण, संविधानको कार्यान्वयन गर्नुपर्ने बेलामा सरकार फेर्न लागे कांग्रेस संविधान कार्यान्वयन हुन नदिने खेलमा लागेको पुष्टि हुने भन्दै यो बेलामा कोही पनि पक्ष प्रतिपक्ष हुन नहुने बताए ।
उनले भने, “नेपाली कांग्रेस बचन र अडानमा पक्का भएको पार्टी भए पहिला भएको भद्र सहमति अनुसार सरकारमा आउँथ्यो ।”
आचार्यले मधेसी दलहरुले संगठनलाई ब्यूँताइरहन विजनेशको लागि मात्रै आन्दोलन गरिरहेको दावी गर्दै उनीहरुले मागे जस्तो मधेसमा दुई प्रदेश सम्भव नरहेको जिकिर गरे ।

Comments

comments

सम्बन्धित शिर्षकहरु