अस्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा सिफारिश

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा लक्की शेर्पा सिफारिश भएकी छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अस्ट्रेलियाका लागि लक्की शेर्पालाई सिफारिश गर्ने निर्णय गरेको हो ।

शेर्पा माओवादीको तर्फबाट संविधानसभा सदस्यका रुपमा रहेकी थिइन् । यसैगरी मन्त्रिपरिषद्को बैठकले पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहाुदर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिश गरेको छ ।

चीन सम्बन्धलाई उच्च महत्व दिँदै आगामी दिनमा सहकार्यका नयाँ सम्भावनाहरुलाई सहज रुपमा कार्यान्वयन तहमा लैजानका लागि पाण्डेको सिफारिश गरिएको बताइएको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु