आँफ्नै मणि चिन्नुछैन , अर्काकै कोइलाको इर्श्या

आंशुले दु:ख मेट्दैन

-भीमसेन सापकोटा

‘मान्छे नमर्ने शहर हुंदैन ,आंशु बगाउने रहर हुंदैन ।’ मानिस सत्यलाई भन्दा बढी झुटलाई विश्वास गर्छ । राम्रा भन्दा नराम्रा कुरा तर्फ मानिस हरू बढी चासो रख्क्छन्।कसैले प्रसंसा गर्‍यो वा राम्रो गरिदिएको कुरा भन्दा गाली गरेको कुरा मानिस धेरै सम्झन्छ । यो सामान्य मानवीय गुण जस्तो लागे पनि यसले अरूलाई भन्दा आफ्नै शुक्ष्म मनोविज्ञान लाई हानी पुर्याउंदै लैजान्छ । यसले सधैंं नकारात्मक कुरा खोजी गर्ने गलत बानी हावी हुंदै गएर एक दिन कसैको लागि राम्रो सोच्नै नसक्ने बानीमा परीणत हुन्छ । जसले गर्दा आँफै भित्र भएको कस्तुरी र मणि चिन्न नसकेर मानिस अरूको कोइलाको इर्श्या गर्छ।र यस्तो मानवीय स्वभाव बदल्नै नसकिने हो त ! श्रीमद्भागवत गीतामा अर्जुन ले कृष्ण लाई यस्तै प्रश्न गर्नु भएको थियो । यसमा श्रीकृष्ण को जवाफ यस्तो थियो :

“अभ्यासेन तु कौन्तेय , वैरागेण च गृहते .”असन्शय महाबाहो मनो दुनिः गृहं चलं ।

अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। ६।३५ श्रीमद्भागवत गीता

हामी ले आँफैसँग कसम खाएर अभ्यास गर्दै जानु पर्छ, एक दिन सफल अवश्य भईन्छ । यसैलाई पछि अङ्ग्रेजीमा” Practice Make a Man Perfect “ भनियो । हरेक राम्रा कुरा एकै दिनमा बिकास नहुन सक्छ तर हुनै नसक्ने भने अवश्य होईन ।

दाजु भाई हरेक दिन एक समुद्रको किनारै किनार हिंड्ने गर्थे । सँगै हिड्दा दाजुले कहिले काहिं भाईलाई पिट्ने वा गाली गलौज गर्ने गर्थ्यों । तर भाई जवाफ फर्काउंदैनथ्यो , बरू रिस उठना साथ दाजुले आज गाली गर्‍यो भन्दै वालुवामा लेख्थ्यो । कुटेको दिन पनि त्यस्तै गर्थ्यो , कि दाजुले नराम्ररी कुटयो । फेरि उ मौन रहन्थ्यो र मिलेर घर फर्कन्थे । एक दिन भाई दुर्घटना वस झन्डै खोलामा उछिट्टीएर डुब्न पुगेन , तर त्यतिखेjealousyर दाइले आफ्नै ज्यान दाउ लगाएर उसलाई बचायो । यात्राकै क्रममा त्यसै बेला भाईले एक ढुङ्गामा लेख्यो कि’दाइले आज मलाई आँफैं जोखिममा परेर पनि बचायो ” ।यस पछि दाजुले सोध्यो : सधैं वालुवामा लेख्ने तिमि आज किन ढुङ्गामा लेख्दै छौ ” जवाफ थियो ” नराम्रा घटना र कामहरू तथा बदलाको भावनालाई हामीले वालुवामा लेख्नु पर्छ किनकी पानी पर्ना साथ वा छाल आउना साथ त्यो मेटिन्छ तर राम्रा काम ढुङ्गामा लेखे र स्थायी सम्झना बनाउनु पर्छ । जिन्दगीका राम्रा कुराहरुलाई मात्र हरेक दिन सम्झिने अभ्यासले मानिसलाई सुखि बनाउंदै लान्छ । र यो बुद्दिमान भाई जस्तै विना हिंसा हामी रिसलाई निकास दिएर स्वास्थ र सुखि बन्न सकिन्छ । यसैले त एक दार्शनिकले भनेका छन्‘आफ्नो शत्रुलाई हरेक दिन पत्र , लेख तर कहिल्यै प्रेषित नगर’ । यसले गर्दा रिसले निकास पाउने मात्र नभएर आफु बाट नराम्रो बानि फाल्दै जाने र राम्रो ग्रहण गर्ने बिकास हुन्छ । जीवन अति छोटो छ , त्यसमा पनि झगडा , र बदलामा समय खर्चिने ब्यक्ति को राम्रो काम गर्ने समय कति बच्छ र ! यसैले भनिन्छ माफि दिने र माग्ने जोडीहरू र आफन्त हरूको सम्बन्ध नै चिरस्थायी हुन्छ ।

तुलना नै दु:खको कारण बनेर उदाउंछ । जब हामी आफुलाई अरू सँग तुलन गर्छौ अनेकौ फरक बेट्छौं अनि शुरु हुन्छ मन खुम्च्याउन । अाफैलाई र अाफ्नाे प्रिय मान्छेलाई कसैसंग तुलना नगर्नुस ताकि त्यसका महत्व र अाेझ घट्न नपाअाेस ।अरु संग तुलना नगर्ने हाे भने त्यतिखेर तपाईं अनि तपाईकाे प्रिय मान्छे संसार काे सबैभन्दा प्रिय ,सबैभन्दा ,राम्राे लाग्छ ।जब दुइ रेखा काटिन्छ रत छुट्याईन्छ लामाे र छाेटाे भनेर । जब दुई रंग राखिन्छ रत सेताे र कालाे भनेर छुट्याइन्छ । । तपाईंकाे जीवन नै सबैभन्दा महत्वपुर्ण र संसारमा सबैभन्दा अमुल्य चिज हाे ।तपाईं नै संसारकाे सबैभन्दा राम्राे हाे। क्षमता र अात्मबिश्वास बढाउनुस अरुकाे डाहमा अाफुलाई कमजाेर नबनाउनुस । हास्न सिक्नुस पीडा , अासु अाफै दुर भाग्छ ।

यसैले त भनिन्छ धन हुनेहरू सुन लगाएर हिडछन “जो देखाबटि मात्र हो , मन हुनेहरू त गुन लगाएर हिडछन जो सदाको लागि मन मुटुमा याद बनेर रहन्छ।

ज़िन्दगीमा सुखि रहनु छ भने आभारी रहनुस बिरोधिहरुप्रति, उनिहरूले तपाईंहाम्रो नराम्रो कर्म पखाली रहेका हुन्छन्। कृतज्ञ रहनुस आलोचकहरुप्रति उनिहरूले गल्ति सुधार्न सघाईरहेका हुन्छन्। नतमस्तक रहनुस शुभचिन्तकहरुप्रति , उनिहरूले आत्म विश्वास जगाइरहेका हुन्छन्। धन्य रहनुस प्रशँसक हरुप्रति उनिहरूले जीवनको बाटो आध्यारो मात्र हैन उज्यालो पनि छ भनेर मार्ग दर्शन गरिरहेका हुन्छन्।

“पुस्तकस्था तु या विद्या ,परहस्तगतं च धनम् |

कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम् || “

एक संन्स्कृत श्लोकमा भनिए जस्तै , हामीले यी सारा जानकारी प्राप्त गरेर पनि यसको नियमित अभ्यास भएन भने त्यो अरूको हातमा भएको धन र पुस्तक आवश्यक परेको बखत काममा आउन सक्दैन । हरेक दिनको अभ्यासले चिन्तन बदलिने छ । यसैले दिमाग बदलौं , दुनियाँ बदलिने छ ।

· चिन्ता हैन चिन्तन गरौं ।12745870_10154533439030656_8922150626314557706_n

· सोच मग्न हैन हरेक दिन थोरै समय मात्र भए पनि ध्यान मग्न बनौं ।

· सफल हुन सकिएला हैन , अवश्य सक्छु भनौं ।

· धर्म कमाउन दियो जलाउन नभ्याए पनि अरूको मन नजलाए पुग्छ ।

· फेसबुकमा मा धेरै साथी बनाउनु भन्दा थोरै होस तर आफुले सद्भभाव दिन सक्ने थोरै असल मित्र बनाउं ।

· हांस्न लाई सबैको सुखमा हासौं , कसैको कमजोरीमा नहासौं ।

यो संसारमा जन्मने र मर्ने कसैको पनि जीवन पूर्ण हुन सकेको ईतिहास छैन । आलोचना बाट मुक्त कोहि भेटिंदैन । कृष्ण, कविर , बुद्ध , नानक , जिसस , मोहम्मद , आईन्स्टाइन , ग्यालीलियो देखि नव प्रसिद्द मान्छेहरूलाई समेत मानिस हरूले खोट लगाउन सकेका छैनन् तसर्थ पूर्ण जीवन को खोजीमा हैन , सरल तर सुखि जीवनको अभ्यासमा लागौं । आंशु बगाएर हैन , आश जगाएर जीवनलाई जित्नु छ ।आंशु मा दु:ख मेटिंदैन बरू हरेक घटनामा राम्रो पक्ष खोज्ने आदतले जीवन सधैं उज्यालो बन्छ ।[email protected]

Comments

comments

सम्बन्धित शिर्षकहरु