तातोपानी नाका अस्थायी रूपमा सञ्चालन

Tatopani-Naka-602x336सिन्धुपाल्चोक । भूकम्पका कारण एक वर्षदेखि बन्द रहेको तातोपानी नाका अस्थायी रुपमा सञ्चालनमा आएको छ । करिब दुई सय कन्टेनरमा राखिएका चिनियाँ तयारी पोशाक, जुत्तालगायत सामान अस्थायी रुपमा व्यवस्थापन गर्न चीन सरकार सहमत भएपछि शुक्रबारदेखि सो नाका सञ्चालनमा आएको तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले बताए ।

गोदाममा थन्किएका करिब पाँच सय ट्रक सामानमध्ये कतिपय अन्यत्र नाकाबाट नेपाल भित्रिसकेका छन् । “करिब दुई हप्ताभित्र सबै सामान आइसक्छ” उनले भने । उक्त सामान नेपाल भित्रिएपछि रु दुई करोडदेखि रु तीन करोडसम्म राजस्व संङलन हुने भन्सार प्रमुख पोखरेलले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु