प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अधिवेशन नजिकिँदै

अस्ट्रेलिया, प्रवासी नेपाली मञ्च अस्ट्रेलियाको अधिवेशन नजिकिएको छ । अधिवेशन आगामी मे ७ र ८ तारिखका दिन सिड्नीमा आयोजना हुने छ । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा नयाँ वर्षको शुभकामना तथा चियापान कार्यममा सोको जानकारी गराइएको हो ।

आगामी मे ७ तारिखका दिन हन्र्सवीमा अधिवेशन सम्पन्न गर्ने र ८ तारिख ग्रानभिलस्थित ग्राण्ड रोयल हलमा घोषणासभा तथा अन्तरक्रिया गर्ने योजना ओएनएफ अस्ट्रेलियाले बताएको छ । अधिवेशनमा नेकपा (एमाले)का माहासचिव ईश्वर पोखरेल आउने बताइएको छ । चौथो अधिवेशन आगामी ओएनएफ अस्ट्रेलियाको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु