कथा “सुनचरी “


एउटा गाउमा गरिब ब्राह्मणको चार परिवारमा थिए,,एक दिनको कुरा हो ,गाउमा अनायासै खडेरीले गर्दा अन्न ,पात हुन् छाड्यो ,पानीको कुवा सम्म सुकेर पिउने पानी सम्म भएँन र खान लाउँन सक्नेले आफुले गएर किनी ल्याएर खान्थे  तर यो गरिब ब्राम्हणको भने सानो बस्ने झुपडी बाहेक केहि थिएँन ,दिन भरि मागी गाउ चाहरी ल्याएको बाडेर खान्थे ,तर त्यो खडेरी पश्चात गाउमा भोकमरी लाग्यो न कसैको घरमा अन्न पा12439446_1008064292601900_4937892960511228414_nत हु छाडे त्यसै क्रममा  ति गरिब ब्राह्मणको परिवारमा ,भोकमरीले  हाहाकार  मच्न थाल्यो ,,/ उनीहरुले कयौ दिन खान ,पिउन नपाए पछी उनका छोरा टाडा बस्तीमा केहि पाइन्छ कि भनेर माग्न निस्किए र गाउ देखि
 धेरै टाडा पुगे पछी एउटा घरमा आफ्नो अबस्था र बुडा बुडी आमा बाबा र सा-साना भाइ बैनीले चार दिन सम्म भोक्कै ,पानी सम्म पिउन नपाएको  कुरा बताए र केहि भए लगेर उनीहरुको आत्मालाई तृप्त गराउने भन्दै हात पसारे ,त्यो घरकी दया वान आमैले ,त्यो गाउमा भएको खडेरीले हरेक दिन कोहि न कोहि आएकालाई जे भएको दिएको र आज त् घरमा अन्न पनि सकिएको छ र पनि म भन्दै खोज्दा अन्न नपाए पछी  झुन्ड्याएर राखेको एउटा खोल्सामा  थोरै जौ को पिठो (सातु ) भेटिन र  त्यही लिएर उनलाई दिई पठाइन …/ उसले निराशा हुदै त्यो जौको पिठो लिएर आयो र मागी ल्याएको पानीले आमाले ढिडो बनाइन र पातमा चार भाग लगाइन ,/

ठिक त्यसै बेला त्यहा एक पाहुना आई पुग्छन उ निक्कै भोकाएर आएको छु मैले पनि केहि खान पाउछु कि भनेको सुनेर खाना केराको पातमा लिएर खान ठिक्क परेका बाबुले भन्छन् यो मेरो भागमा रहेको खाना देऊ,त्यसै गरि पालै पालो सबैले आफ्नो खाना दिन खोज्छन ,आमा बाबा बुडा बुडिले भन्छन छोरा तिमीले मागी ल्याउनु पर्छ ,कमाउन जानु पर्छ तिमि कम्जोर हुन्छु खाना नखाए तिमि खाउ म मेरो भाग दिन्छु ,त्यसै गरि आमाको कुरा सुनेर बुहारीले भन्छिन् आमा मेरो भाग दिन्छु नि त् ? आमाले भन्छिन हैन बुहारी तिमीले त् घरको काम गर्नु पर्छ म बुडी भएकी कतै खेतला ,जान दाउरा घास गर्न सक्दिन तिमि खाउँन  भने पछी बुडो घर मुली बाबुले नै आफ्नो भाग दिन्छन र ति पाहुनाले खादै जादा ओहो कति मिठो रैछ ढिडो त् अलिक भए खाने थिए भन्दा आमाको भाग पनि दिन्छिन र पनि पाहुनाको आत्मा तृप्त हुदैन र फेरी उनले अनुरोध गर्छन र छोराको भाग पनि खाए पछी अझै अलिकता भए आत्मा अगाउने थियो   भनेको सुनेर बुहारीले पनि आफ्नो भाग दिन्छ सबैको भाग खाए पछि पाहुनाले भन्छन आज मैले टन्न आत्मा भरेर खाए अब पानी भए हात धुने थिए ,अम्खोरमा पानी लिएर उनि बाहिर हात धुन जान्छन त्यही बेला बाहिरको लुगा सुकाउने डोरीमा चरा बसेको ति पाहुनाले हात धुदा लागेको केहि ढिडो पानीको छिट्टा उडेर टल बस्न थालेको चराको पखेटामा पर्दा त्यो चराको छिट्टा परेको पखेटाको भाग सुनको हुन् जान्छ, / आफ्नो शरीरको एक भागको पखेटा स्वर्णको भएको देखेर चरालाई निक्कै खुशी लाग्छ र विचार गर्छ मेरो अर्को पट्टि पनि यस्तै कत्ति राम्रो हुने थियो ,/
एक दिनको कुरा हो महा युद्ध सकिए पछी युधिस्थिर राजाले असो महायज्ञ लगाएको ठाउमा हजारौ ऋषि मुनिलहरुलाई भोजन गर्न बोलाएको कुरा चराले बाटोमा आउने जाने ब्राह्मण ,राज्यका मानिस हरुको कुरा गरेको सुनेर उ पनि आज मेरो यो अर्को पखेटा ,र सबै शरीर सुनको हुने रैछ म त्यहा जानु पर्यो भन्दै खुशी भएर  यज्ञ सकी भोजन गराई ब्राह्मणले हात धुदै गर्दा हत्केलामा टासिएको अन्न झरेको टिप्दै नजिकै पुग्छ ,ब्राह्मणले हात धुदाको छिट्टाले उ भिज्दै जान्छ, धेरै ब्राह्मणहरुले धोएका हातको पानीको छिट्टाले उ निथ्रुक्कै भिज्दा पनि पखेटाको वा शरीरको कुनै रौ  सुनका हुदैनन अनि निथ्रुक्क भिजेको शरीरले थर्थर काप्दै भन्छ हैन यहा त महा यज्ञ लगाएर ऋषि मुनिहरुले प्रसाद खाएर हात धुदा म निथ्रुक्क भिज्दा पनि मेरो शरीर सुनको भएन ,..! तर त्यहा गरिबको घरमा एउटा भोकाएर गएको पाहुनाले ढिडो खाएर हात हुदा परेको पानीको छिट्टाले मेरो शरीर यति सुन्दर सुनको भयो आखिर किन?
चराले  थर्थर काप्दै जाडोले चिच्याउछ च्या च्या गरेर कराई रहेको चरा सबैलाई खुवाई अन्तिममा  खाइ पिई गरि युधिष्टिर राजा बाहिर हात धुन आउदा त्यही छेउमा चरा थर्थर कापेको देख्छन र सोध्छन के भयो तिमीलाई किन यसरी कापी रहेका छौ तिमी? अनि चराले भन्छ,..अघि आफु एउटा खडेरी लागेको गाउमा जादाको सबै कहानी सुनाई आफ्नो एउटा पखेटा सुनको भएको वृतान्त सुनाउछ ,,र फेरी भन्छ म त्यही कारणले अर्को पखेटा पनि सुनको हुन्छ कि भनेर आएकी थिए तर यहा भएको पवित्र यज्ञमा हजारौ ऋषि मुनिले खाएर हात धुदा म निथरुक्क भिज्दा पनि मेरो सुनको पखेटा भएन् ,,एउटा गरिब भोको ब्राह्मण परिवारले  आफुले खान लागेको भाग को खाना त्यहा पुगेका भोका पाहुनालाई दिदा उसले खाएर हात धुन आउदा मेरो शरीरमा परेको पानीको छिट्टाले सुनको भएको थियो तर आज यहा यति ठुलो महायज्ञ लगाएको पवित्र दरवारमा ऋषि मुनिले खाना खाएर धोएको पानीको छिट्टाले मेरो शरीर सुनको हुन्छ कि भनेर आएकी थिए तर निथ्रुक्क हुदा पनि सुनको भएँन किन ? एउटा गरिबको घरमा अन्न पात नभए पनि पाहुनाको सत्कार र आफ्नो धर्म ले उनीहरु भोक्कै भएर पनि सच्चा हिर्दय भएकोपुन्य ले मेरो सुनको पखेटा भयो तर आज यो राजदरवारको महायज्ञ मा गरिएको दाङ धर्म मात्र देखावटी रैछ सायद त्यसैले मेरो पखेटा सुनको भएँन भन्दै चरा त्यहाबाट उठेर जान्छ र यस्तो चराको प्रश्न सुनेर राजा युधिष्ठिर छक्क पर्दै चिन्तित भएर  भित्र दरवारमा पस्छन / त्यसै बेला उदास राजा युधिष्ठिर लाइ देखेर श्रीकृष्णले सोध्नु हुन्छ र युधिष्ठिर राजाले चराले भनेको सबै वृतान्त कुरा बताउछन अनि श्रीकृष्णले भन्नुहुन्छ कि हे युधिष्ठिर त्यो गाउमा खडेरीले कयौ दिन खान नपाएका ब्राह्मणले अति नै दुख गरेर आफु भोको बसी खान लागेको थालको खाना त्यही समयमा भोकले पुगेका पाहुनाको सत्कार आफु भोक्कै बसी गरेको ब्राह्मण निश्चल धर्म पुरा गरेको थियो र त्यही भोका पाहुनाको आत्मा सन्तुष्ट भएर कोपुण्यले गर्दा चराको पखेटा धोएको हातको बाछिट्टाले सुनको भयो तर तिमीले आफ्नै राज भण्डारबाट गरिएको यो यज्ञ भएको हुनाले ऋषि मुनि हरु खुशी भइ उनीहरुको आत्मा तृप्त भए पनि लालचा रही रहेको हुनाले चरा भिजेर निथ्रुक्क भए पनि उसका पखेटा सुनका भएन् ,यस्ता कुरा सुनेर युधिष्ठिर राजा छक्क परे !

निशा  अर्याल, इजरायल

Comments

comments

सम्बन्धित शिर्षकहरु