वैशाखदेखि सिंहदरबार केन्द्रित आन्दोलनः राजेन्द्र महतो

rajendra mahatoनवलपरासी। सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सरकारले मधेशका मागको बेवास्ता गरे वैशाख पहिलो सातादेखि सिंहदरबारमा दबाब केन्द्रित आन्दोलन चल्ने बताएका छन् ।

पूर्व मन्त्रीसमेत रहेका महतोले आज नवलपरासीको परासीमा पत्रकारसँग कुरा गर्दै अब आन्दोलन मधेसमा मात्र नहुने भन्दै अबको आन्दोलन सिंहदरबार केन्द्रित कडा प्रकारको रहने दाबी गरे ।

पछिल्लो समयमा गरिएका आन्दोलनले मधेसका जनतालाई मात्र समस्या पारेको भन्दै अबको आन्दोलन काठमाडौँमा दबाब दिने साथै समस्या पार्नेखालको हुने महतोले बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु