नाईं नभन्नु ल-४ अस्ट्रेलियामा

अस्ट्रेलिया । नेपाली कथानक ‘चलचित्र नाईं नभन्नु ल’ चलचित्र नेपालमा र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउने भएको छ ।

नेपालमा शुक्रबार रिलिज हुने चलचित्र नाईं नभन्नुल अस्ट्रेलियाको सिड्नीमा पनि प्रदर्शन हुन लागेको हो । सिड्नीको गोल्ड क्लास सिनेमामा आठ अप्रिलमा साँझ ६ बजे चलचित्र प्रदर्शन हुने आयोजकले बताएका छन् ।
त्यसैगरी सिड्नीको सिभिक थिएटरमा १० अप्रिलमा ६ साँझ ६ बजे र ११ अप्रिलमा साँझ ६ः३० बजे प्रदर्शन गरिने कार्यक्रम रहेको आयोजकको भनाई छ ।

उक्त चलचित्र नेपालको सबैभन्दा लामो चलचित्र सिक्वेल पनि हो । यसअघिका तीनै सिक्वेलले राम्रो व्यापार गरेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु