खापुङले पार्टी छाडे

khapungकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य परशुराम खापुङ्ग पार्टी परित्याग गरी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानमा लागेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राप्रपामा छलछाम, जालझेल, चाकडी चाप्लुसी, र अवसरवाद हावी भएको भन्दै खापुङले पार्टी छाडेको घोषणा गरेका हुन् ।

राप्रपाबाट देश र जनताको सेवा सम्भव नदेखेकोले पार्टी परित्याग गरेर नयाँ शक्ति अभियानसँग मिलेर काम गर्न लागेको उनको भनाई थियो ।

“ठूलो आन्दोलनपछि पनि जनता सन्तुष्ट छैनन । सरकार गफाडीको जत्था जस्तो भयो, भुकम्प पीडितले राहत पाएनन”, उनले भने, “जनताले अहिलेसम्म परिवर्तनको महसुस गर्न पाएका छैनन । राप्रपा, एमाले, काग्रेस, माओवादी मधेसवादी र जनजाति पार्टी कोहीबाट पनि अब देशको सेवा सम्भव नदेखेर नयाँ शक्ति सँग मिलेर नयाँ पार्टी निर्माण अभियानमा लाग्ने गरी राप्रपा परित्याग गरेको हु ।”

Comments

comments

सम्बन्धित शिर्षकहरु