प्रधानमन्त्री ओलीद्वरा भारतलाई यस्तो चुनौति

KP-Oliकाठमाडौं । नेपालको संविधान अपूरो रहेको भन्ने भारत र इयुको टिप्पणी असान्दर्भिक भएको भन्दै प्रधानमन्त्री एवं एमाले अधयक्ष केपी ओलीले अनावश्यक हस्तक्षेप भएको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेपालको संविधानलाई अपूरो र अधुरो भन्ने इयू र भारतको टिप्पणी असान्दर्भिक र गलत छ । नेपालजस्तो स्वतन्त्र र सार्वभौम राज्यले बनाएको संविधानमाथि टिप्पणी गर्नु गलत हो । नेपालको सन्दर्भमा के निर्णय गर्ने भन्ने नेपाली जनताको अधिकारको कुरा हो । कुनै पनि मुलुक सानो वा गरिब, अविकसित अवस्थामा हुन सक्छ । तर, सार्वभौमिकता भने ठूलो र सानो हुँदैन । सार्वभौमिकताको दृष्टिले हाम्रो मुुलुक संसारको कुनै पनि विकसित मुलुकभन्दा धेरै माथि छ । नेपाललाई कमजोर रूपमा हेर्ने र हेप्ने काम नहोस् ।’ नयाँ पत्रिका दैनिकबाट ।

Comments

comments

सम्बन्धित शिर्षकहरु