गरिबी मिनेटमै मेट्न सकिन्छ

धनमा हैन, मनमै हुन्छ सुखको सांचो

 

 

       -भीमसेन सापकोटा,

यदि तिमि आफ्नो गल्ति स्वीकार्न सक्दैनौ या स्वीकार्ने प्रयास गर्दैनौ भने यो नै तिम्रो ठुलो गल्ति हो . यसले तिमीमा परिवर्तन ल्याउन दिदैन: चाणक्य

 सुख र धन लाई मानिस तराजु मा जोख्छ । अनि धनलाई नै सुखको पर्याय दिन्छ । यदि धन सुखको पर्याय हो भने धनी दरबारहरू किन दु:खि हुन्छन्। तपाईंलाई पनि म गरिव छु भन्ने लाग्छ भने तपाईंको गरिबी अब एक मिनेटमै मेट्न सकिने छ , मात्र यी शब्दहरूलाई आत्मसाथ गर्नुहोस्। धन , वैभव तपाईं भित्रै निहित छ मात्र यसलाई मथ्नु छ केवल सचेत चिन्तनले ।  

धन धेरै दुःखपछि मात्र प्राप्त हुन्छ । की त आफ्नो धर्म, इनाम छाडेपछि बल्ल मिल्छ कि त दुश्मनको चाप्लुसी गरेपछि मिल्छ । तर यस्तो धन कहिल्यै स्वीकार गर्नु हुँदैन ।

साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ ।बुद्द समयको यो प्रसँङ्ग आज पनि उत्तिकै सान्दर्भिक छ जसले गरिबी केही मिनेट मै टाढा हुनेछ नफर्कने गरि।

परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन ।

भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।

म किन गरीब ?

त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो ।

भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्यो अनि प्रश्न अघि सार्यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’

उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्यो, ‘म सँग केही हुनुपनि त पर्यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’

त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो ।त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ । छब्बीस सय वर्ष अघि एउटा वयल गाडा पहाडी बाटोमा गुड्दै थियो । त्यस गाडाभित्र चालकबाहेक चारजना अरु सवार थिए– तीन सामान्य मान्छे र रक्सीले पुरै मात्तिएको एक रक्स्याहा । अचानक गाडा चिप्लेर भीरबाट खस्यो । उक्त दुर्घट्नामा रक्स्याहाबाहेक सबै मारिए । उस्लाई सामान्य चोट पटक मात्र लाग्यो । अरु सवारलाई पनि त्यतिमात्रै हुनु पर्ने थियो । तर, उनीहरुले ज्यानै गुमाए । प्रष्टैछ, दुर्घट्नाको कारणले हैन ‘डरको कारणले उनीहरु मरे । के भएको थियो, त्यस्को पत्तो नै थिएन रक्स्याहालाई र त उनी डराएनन् । अनि मरेनन् । कथाको सन्देशले भन्छ, मान्छेलाई संसारले कम, डरले बढी मार्छ ।

के हो त डर ? अंग्रेजीमा यसलाई फियर ढँभबचण् भनिन्छ । जसलाई यसरी बुझ्दा हामीलाई फाइदै फाइदा हुन्छ ।

  • एफ–फल्स (झुट्टा)
  • ई–इभिडेन्स ( प्रमाण¬¬)
  • ए–एपियरिङ ( जुन हामीलाई लाग्छ)
  • आर–रियल (सत्य)

फियर अर्थात् झुटा कुराहरु जुन हामीलाई सत्य लाग्छ । त्यसैको परिणाम हो, डर । यस कुराको बैज्ञानिक आधार पनि होला त ? छ । पश्चिमी अन्वेषकहरुले केही समय यता डरसम्बन्धी के तथ्यांक अघि सारेका छन् भने– हामीलाई जुन जुन कुराको डर हुन्छ– जस्तै, मलाई क्यान्सर जस्तो भयंकर रोग लाग्यो भने ! जाँचमा पास नभएर बर्वाद भयो भने ! खानसमेत पाएन भने ! यस्ता मस्तिस्कमा चौविसै घण्टा चल्ने अधिकांश डरको कुनै अस्तित्व नै हुँदैन । अर्थात् ८७ प्रतिशत हाम्रो डर कहिल्यै सावित हुँदैन । यस्को मतलब हो हामी प्रायः ती कुराको लागि चिन्तित हुने गर्छौं जुन जीवनमा प्रायः घट्दै घट्दैन । अर्थात् हाम्रा अधिकांश चिन्ताको वैज्ञानिक धरातल नै हुँदैन । हामी विज्ञानमा विश्वास राख्छौं । तर, हाम्रा चिन्ता अवैज्ञानिक छन् ।

रह्यो १३ प्रतिशत डरको कुरा । ती यस्ता कुरा हुन् जुन हामीले चाहे पनि रोक्न सक्दैनौ । जस्तै मर्ला की भन्ने डर, बुढो होलाकी भन्ने डर, असफल होला की भन्ने डर, त्यस्तै अरुले धोका देला कि भन्ने डर इत्यादि । १३ प्रतिशत यस्ता घट्ना छन् जुन हामीले चिन्ता गरेर पनि रोक्न सकिँदैन । होनहार दैव नटार भनेको यही हो ।

‘के हो ठुलो जगतमा?’ ‘पसिना विवेक

उद्देश्य के लिनु?’ ‘उडि छुनु चन्द्र एक।-देवकोटा

20484_401093776658021_1521332177_n
Bhimsen Sapkota

देवकोटाले व्यक्त गरेझैं सपना महान हुनै पर्छ । अतः आफूले सोच्ने ८७ प्रतिशत डर हुँदै हुँदैन भने १३ प्रतिशत नकारात्मक घटना रोकिँदैन । त्यसैले यसको चिन्ता गर्नुको पनि कुनै तुक छैन । स्मरण रहोस् उपरोक्त कथामा वयलगाडा खसेर मान्छे मरेका हैनन् । मरिएलाकी भन्ने चिन्ता गरेकाहरु सवै मरेका हुन् ।जे चिज बित्यो त्यो बित्यो, यदि कुनै गलत काम भएको छ भने पनि त्यसको चिन्ता गरेर भन्दा भविष्यमा सुधार गरेर अघि बढ्नुपर्छ

मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो ।

 

 

 

 

Comments

comments

सम्बन्धित शिर्षकहरु