अष्ट्रेलियामा जब नेपालीत्व जाग्यो !

अष्ट्रेलिया । अन्य दिन आ–आफ्नै काममा व्यस्त हुने अष्ट्रेलियावासी नेपालीहरू शनिबार भने मुलुकका लागि एकतृत भए । नेपाली झन्डासहित तीन सयभन्दा बढी नेपाली सिड्नीका एकै स्थानमा जम्मा भएर एकता, आपसी सद्भाव र भाइचारा प्रदर्शन गरे । नेपालीहरूको यो हार्दिकतापूर्णकार्यबाट नेपाली समूदाय मात्र नभएर अष्ट्रेलियालीहरू पनि दङ्ग परेका थिए ।
शनिबार बिहान ८ बजे अस्ट्रेलियाको सिड्नीमा रहेको डच प्वाइन्टस्थित कुक पार्कमा नेपालीहरू गैरअावासीय नेपाली संघ अष्ट्रेलियाले अायोजना गरेकाे ‘वाक फर वेल फेएर’का लागि भेला भएका थिए ।

10383013_1135958803090667_2461668717006505467_nकार्यक्रम संयोजक समिम अनवरका अनुसार विद्यार्थीको हितका लागि १ लाख अस्ट्रेलियन डलरको विद्यार्थी कल्याणकारी कोष स्थापनाका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
उच्च अध्ययनका लागि आकर्षकको मुलुक बनेको अस्ट्रेलियामा अध्ययन गर्न आउने विद्यार्थीलाई परेको waklसमस्यामा सहयोग गर्न नेपालीले प्रयास गरेको उनको भनाई छ।
बिहान ८ बजे सुरु भएको तीन सयभन्दा बढी संख्यामा रहेका नेपालीको यात्राले ४ किलोमिटरको दूरी पार गरेका थिए । यात्राका क्रममा नेपाली राष्ट्रिय गानले माहोल नै गुन्जायमान भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु