दोलखाबाट पुनर्निर्माण अभियान सुरु

_Sushil-Koirala-ne_3304140bदोलखा । पुननिर्माण प्राधिकरणले आज दोलखाको सिँगटीबाट राष्ट्रिय पुनर्निर्माण अभियानको प्रारम्भ गरेको छ । प्राधिकरणले भूकम्पको झण्डै ११ महिनापछि भूकम्पबाट क्षतिग्रस्त बनेको दोलखा जिल्लाबाट पूनर्निमाण अभियानको प्रारम्भ गरेको हो ।

अभियान आइतबार अपराह्न सुरू भएको दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार पुननिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, दोलखा जिल्लाका सभासद्हरूले संयुक्त रूपमा अभियानको सुरूवात गरेका थिए ।

भूकम्पपीडितका लागि स्थायी आवसा निर्माण गर्न सरकारले दिने भनिएको अनुदानबापतको पहिलो किस्ता ५० हजार रुपैयाँका दरले वितरण गरेर अभियानको सुरुवात गरेको उनले जानकारी दिए ।

प्राधिकरणले पहिलो चरणमा उत्तरी लादुक–८ र लामिडाँडा गाविसका–६का भूकम्पपीडितलाई पहिलो किस्ताबापतको रकम हस्तान्तरण गरिएको उनको भनाई छ । अनुदान वितरणका लागि प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया नेतृत्वको एक टोली दोलखा पुगेको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु