सिड्नी साहित्य मेलामाका सहयोगीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम

12837766_10206149791692652_652579658_o 12825355_10206149792052661_398343364_n 12675117_10206149789772604_1847655761_o 12596559_10206149788972584_707283482_o 12516694_10206149785372494_1692812460_o 12476996_10206149760571874_921033867_oमहेश्वर शर्मा । असनेपाल न्युज सिड्नी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्सल द्वारा आयोजीत “दोस्रो अन्तराष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी” महोत्सबको ऐतिहासिक क्षण लाई भव्य र सभ्य रुपमा सफल पार्न विभिन्न तह र तप्काबाट आन्तरिक,वाह्य,आर्थिक,पूर्व तयारी, भौतिक सहयोग,स्वयम सेबा जस्ता बिबिध पक्षमा योगदान पुर्याउने सहयोगि मनहरूमा शनिवार एक विशेष कार्यक्रम बिच अनेसास न्यु साउथ वेल्स च्यापटरले सम्मान गरेको छ।
कार्यक्रमको टाईटल स्पोन्सर एक्स्पर्ट एजुकेशन तथा भिसा सर्भिसेज लगायत अन्य 12837305_10206149786012510_2082943588_o (1) स्पोन्सरहरुलाई संस्थापक अध्यक्ष होम नाथ सुवेदी,अनेसास केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा र अनेसास न्यू साउथ वेल्सल च्याटरका अध्यक्ष महेन्द्र पौडेलले संयुक्त रुपमा प्रमाण पत्र प्रदान गर्नुभयो।महोत्सवको पहिलो दिन साँस्कृतिक कार्यक्रम तथा गाला डिनरमा सिड्नीको चर्चित नेपिन्डो ग्रुप बाट नृत्य प्रस्तुत गर्ने सन्तोकि केसि लगायतका समुहलाई प्रमाण पत्र सहित सम्मान गरियो।कार्यक्रममा एन आर एन ओर्सेनिया क्षेत्रिय संयोजक महेन्द्र लम्साल,नेपाली शब्दमालाका प्रकास पौडेल,अनेसास न्यू साउथ वेल्सल च्याटरका पदाधिकारी महेश्वर शर्मा, ममता तिवारी,दिपक निरौला,लगायत लाई अनेसास संस्थापक अध्यक्ष होम नाथ सुवेदी,अनेसास केन्द्रिय उपाध्यक्ष भीमसेन सापकोटा र अनेसास न्यू साउथ वेल्स च्याटरका अध्यक्ष महेन्द्र पौडेलले संयुक्त रुपमा आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गर्नुभयो।अनेसासको सिड्नीबाट आजीवन सद्स्य लिनेहरूमा करिव ४० पुगेको छ । अनेसास धेरै आजीवन सदस्य र अन्तर्रास्ट्रिय सन्जाल भएको ठुला संस्था मध्ये एन आर एन पछि अस्ट्रेलियाको दोस्रो ठुलो संस्था बन्न पुगेको छ ।
मो :मो हाउस , ५३८ प्रिन्सेस हाइ वे ,रकडेलमा भएको कार्यक्रममा अनेसास संस्थापक अध्यक्ष होम नाथ सुवेदीले फिजीकालागि नेपाली साँश्कृतिक राजदुत,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष कवि तथा पत्रकार भीमसेन सापकोटालाई अनेसास ” वोर्ड अफ ट्र्ष्टी ” (Board of Trustees) को प्रमाण पत्रसहित दोसल्ला ओडाएर सम्मान गर्नुभयो।अनेसासको वर्ड ट्र्स्टी बन्नेमा सिड्नी बाट उहां पहिलो हुनुहुन्छ । सो अवसरमा संस्थापक अध्यक्ष सुवेदीले ‘ सापकोटाको योगदान माथि चर्चा गर्दै साहित्य,समाज साथसाथै फिजीमा रहेका नेपालीहरुमा हराउन लागेको नेपाली भाषाको उत्थानमा दिनुभएको योगदानको प्रसंशा गर्नु भयो । साथै सोहि कार्यक्रममा नेपाली टाइम्स , असनेपाल न्युज डट कम , नेपाली पत्र ,नेपाल न्युज अस्ट्रेलिया , एम एन टिभि,हिमाल्यन रेडियो लगायत समुदायका सबै संचार माध्यमलाई धन्यवादको प्रमाण पत्रसहित सम्मान गरिएको थियो।यस्तै विभिन्न संघ संस्था र सहयोगी हरूलाई पनि सो अवसरमा धन्यवाद पत्र दीईएको थियो । नेपाल बाट आउनु भएकी प्रमुख अतिथी प्रा डा गार्गी शर्मा,अतिथी उमा कार्की सहभागि हुनुहन्थ्यो। प्रमुख अतिथी प्रा डा गार्गी शर्माले सिड्नीमा रहेका साहित्यकारहरुको मुक्तकणले प्रशंसा गर्नुभएको थियो ।प्रा डा गार्गी शर्मा , अनेसास संस्थापक अध्यक्ष होम नाथ सुवेदी, उमा कार्कि लगयतका अतिथीहरूलाई अनेसास पधादिकारीहरुले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रमको संचालन विकास उप्रेतिले गरेका थिए भने अनेसास न्यू साउथ वेल्सल च्याटरकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक सानु घिमीरेले अतिथीहरुलाई स्वागत गर्दै सबैप्रति धन्यबाद प्रकट गरेकीथिईन।कार्यक्रममा न्यू साउथ वेल्सल च्याटरका सह सचिव सुरेन्द्र दवाडी,निष्प्रभ सजी,आलोक कोईराला,सानु घिमीरे लगायतले
कविता र गजल सुनाएका थिए।कार्यक्रमलाई सफल पार्ने स्पोन्सरहरु एक्स्पएर्ट एझुकेशन तथा माइग्रेशन सेर्विसेज , इन्नोभेटिभ असोसिएट ,करि मनिटर ,एभरेस्ट कम्युनिकेशन ,प्यासिफिक कलेज , हाम्रो कलेज , लिटल नेपाल ,शीतल ट्रेडर्स ,मण्डला कन्सल्टेन्सी ,क्राउन इस्न्टिट्युट ,एन्जेल मुभि, बाबा कन्सल्टेन्सि ,लगायत का संघ संस्थाह्ररू रहेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु