वरिष्ठ नेता देउवाद्धारा पहिलो मतदान

deubaकाठमाडौं। नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय नेतृत्वका लागि मतदान सुरु भएको छ ।

आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान कार्यक्रम विविध कारणले ४५ मिनेट ढिला भई ८ः४५ बजेबाट सुरु भएको हो ।

मतदानका लागि मतदान स्थलमा पाँचवटा छुट्टाछुट्टै ब्लकभित्र १३५ मतदान स्थल राखिएको छ । जसमा सभापतिका लागि छुट्टै, महामन्त्री र कोषाध्यक्षका लागि छुट्टै मतदानस्थल रहेको छ । यसैगरी खुल्ला सदस्य, प्रदेश सदस्य र आरक्षणका लागि पनि छुट्टाछुट्टै मतदानस्थल राखिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सबैभन्दा पहिला मतदान गरेका छन् भने अर्को सभापतिका उम्मेदवार महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो क्रममा मतदान गरेका छन्। यस्तै डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, महामन्त्री प्रकाशमान सिंहले पनि मतदान गरिसेका छन् ।

सभापतिमा कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले समूहसहित प्रतिस्पर्धा गर्दै छन्। तीनै समूहबाट महामन्त्रीमा डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगनकुमार थापा उम्मेदवार छन् ।

त्यस्तै कोषाध्यक्षमा वर्तमान कोषाध्यक्ष चित्रलेखा यादव, सिराहा कांग्रेसका निवर्तमान अध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री उमाकान्त चौधरी र नेता कृष्ण कार्कीले प्रतिस्पर्धा गर्दै छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु