बार्सिलोनाको किर्तिमानमा मेस्सीको ह्याट्रिक

messiएजेन्सी । स्पेनिस ला लिगामा रायो भालेकानोलाई बिहिबार राती ५–१ गोल अन्तरले पराजित गर्दै लुइस इनरिकेको टोलि बार्सिलोनाले २७ वर्षअघिको किर्तिमान तोडेको छ ।

स्टार स्ट्राइकर लियोनल मेस्सीले ह्याट्रिक गरेको खेलमा रायो भालेकानोविरुद्ध उसैको मैदानमा फराकिलो जित निकाल्दै बार्सिलोनाले सबैखाले प्रतियोगितामा लगातार ३५ खेलमा अपराजित किर्तिमान बनाएको हो । बार्सिलोनाले ला लिगा प्रतिद्वन्दी रियल मड्रिडले सन् १९८९ मा बनाएको लगातार धेरै खेलमा अपराजित रहेको किर्तिमान भंग गरेको हो । यसअघि

रियलको नाममा ३४ खेलमा अपराजित रहेको किर्तिमान थियो ।
घरेलु मैदानमा डिएगो लोरेन्टे र म्यानुअल लिटुर्राले रातो कार्ड पाएपछि भालेकानो ९ खेलाडिमा सिमित भएको थियो । जसको फाइदा बार्सिलोनाले लियो । साथै लिगमा शिर्षस्थानको बार्सिलोनाले ८ अंकको अग्रता कायम राख्यो । जितपछि बार्सिलोनाले ६९ अंक जोडेको छ । र, साबिकको बिजेता बार्सिलोनाले उपाधि होड थप मझबुद बनाएको छ । लिगमा ६१ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ भने ५७ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ ।
“हामी सिजनको सबैभन्दा उत्कृष्ट समयमा छौ र हामीले हाम्रो लक्ष्य पनि हासिल गर्न सक्छौ भन्ने देखाएका छौ, जितपछि प्रशिक्षक लुइस इनरिकेले भने, “भालेकानो हाम्रो लागी निकै टफ टोलि थियो तर मेरा टोलीले यो स्तरको खेल खेल्छ भने हामीलाई रोक्न धेरै गाह्रो छ।“ बार्सिलोनासंग पराजित हुन्अघि पाको जेमेजको टिम भालेकानो ला लिगाको पछिल्ला सात खेलमा अपराजित रहेको थियो ।

ईभाँ राकिटिचले २२ औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको एक मिनेट नबित्दै मेस्सीले गोलको खाता खोले । पहिलो हाफको अन्तिम राकिटिचलाई फल गरेपछि डिएगोले रातो कार्ड पाएपछि भालेकानो १० खेलाडीमा सिमित भयो । त्यसपछि ५३ औं मिनेटमा मेस्सीले ब्यतिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो बनाए भने ७२ औं मिनेटमा अर्को गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरे । मेस्सीको यो ३५ औ ह्याट्रिक हो । जुन मेस्सीले सर्वा्धिक ह्याट्रिक गर्ने खेलाडीको सुचिमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोसंग बराबर गरेका हुन् । साथै मेस्सीको यो सिजनको ३३ औ गोल पुरा गरे ।
त्यसअघि ५७ औ मिनेटमा मुनिचोले गोल गदै भालेकानोलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६७ औ मिनेटमा म्यानुअलले डिबक्समा फल गर्दै रातो कार्ड खाएपछि भालेकानो ९ खेलाडीमा सिमित बन्यो । यता, उक्त फलबाट बार्सिलोनाले पाएको पेनाल्टीलाई लुइस स्वारेजले गोल गर्न सकेन । स्वारेजको प्रहार भालेकानोका किपर जुवान कार्लोसले बचाऊ गरे । बार्सिलोनाका लागी अर्डा टुरानले ८६ औ मिनेटमा थप एक गोल गरे । बिहीबार रातीकै अन्य खेलमा ग्रानाडाले स्पोर्टिङ गियोनलाई २–० ले हराउँदा रियल बेटिसले ईस्पानियोललाई ३–० ले पराजित गयो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु