सुजाता कोइरालाले किन गरिन् उम्मेदवारी फिर्ता ?

Sujata-Koiralaकाठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्नो उमेदवारी फिर्ता लिएकी छन् । उनले अब रामचन्द्र पौडेललाई समर्थन गर्ने भएकी छन् ।

बुधवार आफ्नै निवास मण्डिकाटारमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोइरालाले पार्टी सभापतिमा आफ्नो उम्मेद्वारी घोषणा गरेकी थिइन् ।

आफ्नो उम्मेदवारी फिर्ताको औपचारीक जानकारी दिन सुजाताले अहिले विहान ९ बजे पत्रकार सम्मेलन गर्ने बताएकी छन् । उक्त पत्रकार सम्मेलनमा रामचन्द्र पौडेलको पनि उपस्थिति हुने बुझिएको छ।

काँग्रेस महाधिवेशन पछी महासमिती बैठक बसेर विधान संशोधन गरी महिला उपसभापती पद सृजना गरी सुजाता कोइरालालाई उक्त पदमा नियुक्ति गरिने सहमति भएपछि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन्।

Comments

comments

सम्बन्धित शिर्षकहरु