कलमको चित्कार!

‘क’ पुरी ‘क’ बाट सुरु गर्दै

विवेक संचार गर्ने नाममा
विभिन्न रङमा
मेरो मसि खसालिन्छ!

ज्ञान् गुन बाड्ने,
अनि
ठूलो मान्छे बनाउने नाममा
कोरा कागजमा दिनहु
मलाई लतारिन्छ!

स्कुल,कलेज,
बिश्वबिद्धालय हुँदै
सहर बजारका गल्ली
देखि
गाउँ ठाउँका बस्ती सम्म
हिमाल,पहाडका
कुना काप्चा देखि
समथर तराई सम्म
मलाई चेतनाको संवाहक
भनी दौडाइन्छ!

साना देखि ठुला,
बच्चा देखि बुढा
सबैको घर घरमा पुराइन्छ,
विभिन्न आकारमा।
अनि
कहिले हराइन्छ,
कहिले जिताइन्छ!
कहिले किनाइन्छ,
कहिले बेचाइन्छ!

कहिले आस्थाको गित लेखिन्छ,
कहिले सस्थाको रुप लेखिन्छ!
कहिले माया लिएर लेखिन्छ,
कहिले घृणा दिएर लेखिन्छ!

लेख्नेले जे पायो तेहि लेख्दिन्छ
बेपर्वाह भएर लेख्दिन्छ!
कहिले खसालेर लेख्दिन्छ,
कहिले उचालेर लेख्दिन्छ!
कहिले विवादमा पारेर
तरवार सङ्ग भिडाएर लेख्दिन्छ!
अनि
मलाई जिताउदै
मित्र तरवार लाई हराएर लेख्दिन्छ!

लेख्नेले जे पनि लेख्दिन्छ!
ठाउँ कुठाउँ लेख्दिन्छ!
कहिल्यै सोधपुछ गर्दैन!
मेरो पीडा सुन्दैन
अनि
मेरो इच्छा बुझ्दैन!
लेखि मात्र रहन्छ!
नत्र
बुझ्ने चेष्टा गर्थ्यो भने!
सुन्ने चेष्टा गर्थ्यो भने!
म भन्ने थिए,
आफ्नो स्वार्थ परिपुर्ति गर्न!
मलाई लतार्न छोडी दे!
मलाई पछार्न छोडी दे!rajesh

राजेश बुढाथोकी
२० डिसेम्बर २०१५

Comments

comments

सम्बन्धित शिर्षकहरु