गायिका बनिन् मनिषा

काठमाडौं, चर्चित नायिका मनिषा कोइराला अब गायिका बनेकी छिन् । उनले बप्पी लहरीको संगीतमा गीत गाएकी छिन् । संगीतकार लहरीले ट्विटरमा मनिषाले गीत गाएको भन्दै उनको स्वरको पनि प्रशंसा गरेका छन् ।

वप्पीले फेसबुकमा तस्बिर शेयर गर्दै लेखेका छन्(‘हामीले रुचाइएकी मनिषा कोइराला ।’ मनिषाले पनि ट्विटरमा आफूले फ्यानका लागि गीत गाउने कोशिश गरेको भन्दै ट्विट गरेकी छिन् ।

वप्पी लहरीसँग आफूले गीत गाउने कोशिश गरेको भन्दै मनिषाले खुशी व्यक्त गरेकी छिन् । नायिका कोइराला अहिले बलिउडमा आफ्नो कमब्याकको तयारीमा छिन् । अहिले बलिउड नायिकाहरु गीत गाउने होडमा छन् । के मनिषा पनि यही होडमा लागेकी हुन् त ?

Comments

comments

सम्बन्धित शिर्षकहरु