एनआरएन संघ साउथ अस्ट्रेलियाकी कोषाध्यक्ष आकृती अब गायिका

अस्ट्रेलिया, गैरआवाशीय नेपाली संघ साउथ अस्ट्रेलियाको कोषाध्यक्षको रुपमा सामाजिक नेतृको परिचय गराएकी आकृती बुढाथोकीले गायिकाको रुपमा पनि आफूलाई अगाडि बढाएकी छन्। नव गायिका आकृतिले “कस्तो कस्तो ” बोलको गीतको भिडियो सार्बजनिक गरेकी हुन्। तारा प्रकाश लिम्बुको शब्द तथा संगीत रहेको उक्त गीतको निर्देशक बिकाश सुबेदीले गरेका छन् ।

akriti-1सानै देखि सांगीतिमा रुचि राख्ने आकृती सामाजिक जीवनमा भने संगीता बुढाथोकीको नामले परिचिति छन् । सन् २००८ बाट अस्ट्रेलियालाई कर्मभुमि गराएर बसेकी ईनास अस्ट्रेलिया , बोटल फर स्कुल लगायतका सामाजिक सस्थाहरुमा लामो समय देखि सक्रिय रहदै आएकी छन्।

लम्जुङ्गमा जन्मेर काठमाडौँमा हुर्केकी आकृती बिगतमा प्रबासको ब्यस्त समय र पारिवारिक दायित्वले गर्दा औपचारिक रुपमा सांगीतिक बजारमा रुचि भएर पनि आउन नसकेको बताईन।

आगामी दिनमा संगीतलाई पनि समय दिदै यस क्षेत्रमा निरन्तर लागि रहने आफ्नो योजना रहेको समेत उनीले सुनाइन।

Comments

comments

सम्बन्धित शिर्षकहरु