अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा विश्व काव्य गोष्ठी सन्दर्भ

 

साहित्य, भाषा र संस्कृति नेपाली भाषाको उद्भव र विकास सम्बन्धमा प्रचलित धारणाहरूमा विचार गर्दा हाम्रा सामु नेपाली भाषाको उत्पत्तिको प्रश्न प्राकृताभास भाषा तथा अपभ्रंश तीर जान्छ ।भाषाको प्रश्न समग्र हुन्छ । भाषा अनुभूतिलाई अभिव्यक्त गर्ने माध्यम मात्र होईन कि भाषा सभ्यताको संस्कारित वीणा एवं संस्कृतिलाई शब्द दिने वाणीपनि हो । कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिलाई नष्ट गर्नु छ भने त्यहाँको भाषालाई नष्ट गर्नुहोस । यस सूत्रलाई अहिले विदेशीहरूले राम्ररी बुझेका छन । आरम्भिककालमा संस्कृत जस्तो समृद्ध र संस्कृति वाणीलाई हँसियाको धारमा राखेर आ( आफ्नो इलाक़ामा भाषाहरूलाई रेट्ने कोशिश गरियो । पछि सभ्यताको खोल ओढेर विदेशीहरू आए । उनीहरूले दूरगामी नीति अनुसार नेपाली भाषाहरूको हुर्मत लिएर आफ्नो भाषा र आफ्नो हितमा लाग्ने कोशिश गर्दैछन । विदेशीहरूको सोच र कृतिमा परिक्षित स्वार्थ या धूर्तता उसको सभ्यता अनुरूप भएको पाइन्छ। नेपालीलाई राष्ट्र भाषाको स्थान नदिएर राष्ट्रको स्तित्व र सास्कृतिक अस्मितालाई परिभाषित प्रबृतिको परिणाम विस्फोटक हुन सक्छ । यी परिणामहरूको तीब्रता विभिन्न क्षेत्रहरूमा अनुभव गर्न सक्छौ हामीले । राष्ट्रभाषाको स्पष्ट तात्पर्य देशको सबैभन्दा ठूलो भूभागमा बोलिने ( लेखिने र बुझिने भाषासंग छ । संस्कृतिको तत्वहरूलाई अन्तर्निहित गर्ने क्षमता राख्ने होस , जस्मा प्रस्तावित प्रादेशिक भाषाहरू र बोलीहरूबाट शब्दहरूको आदान ( प्रदान उदारता निहित होस । नेपालीलाई उसको संविधान प्रदत्त पद व्यवहारिकरूपमा प्रदान गर्नका लागि आम सहमतिको कुरा गर्नेहरू बिर्सन्छन कि राष्ट्र ध्वज , राष्ट्रगीत र राष्ट्रभाषा अनेक हुदैनन भन्नेकुरा। नेपाली भाषारसंस्कार,संस्कृतिको विरोध गर्नेहरूले भोलीकदिनमा राष्ट्र ध्वज र राष्ट्र गीतमा पनि विरोध प्रकट गर्न लागे आ( आफ्ना ध्वज फहराउन लागे अनि गीत गाउन लागे भने के कुनै अनुसूचि बनाएर त्यसमा ध्वज आम सहमतिको प्रतिक्षामा राख्ने भिरू वा दिशाहीन मानसिकता दुस्शासनको कारक नबन्ला भन्न सकिदैन जबकि सुशासन स्पष्ट नीति र पुरूषार्थको काँधमा टिकेको हुन्छ । सास्कृतिक अवमूल्यनको ठूलो कारण विदेशी भाषामा देशी साहित्य पठाउने सोच मौलाएको देखिन्छ । आफ्नो भाषा,साहित्य,संस्कारलाई उजागर गर्न र गर्व गर्दै नेपाली भाषा साहित्यलाई विश्वभरी चिनाउन गएको दशकमा अमेरिकामा नेपाली साहित्यको मुर्तरुप दिन र विश्वभरीका नेपालीहरुलाई एउटा मालामा गास्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको गठन साहित्यकार सम्मानीय संस्थापक होमनाथ सुबेदी ज्युवाट सिर्जनाको रुपमा विस्फोट भयो । साहित्यका सबै विधाहरूमा प्रवासी साहित्यको रचना अमेरिकाबाटै शुरु भयो । नेपाली साहित्यको संवर्धन एवं विकासको मूलमन्त्र धारण गरि नेपाली साहित्य समाजको स्थापना हुनगयो । नेपालीलाई अझ राम्रो नेपाली साहित्य, भाषा,संस्कार,संस्कृतिको कार्य दक्षता प्राप्त होस भन्ने हेतुले प्रमुख अन्तराष्ट्रीय नेपाली भाषा बन्न सकोस र बिभिन्न ज्ञानानु शासनहरूमा मौलिक सिर्जना नेपाली भाषाको माध्यमबाट होस् तथा विश्वको अन्य भाषाहरूमा विद्यमान ज्ञान संपादको अनुवाद नेपाली भाषामा गर्न सकियोस भन्ने चाहनाले अन्तराष्ट्रीय नेपाली समाजको स्थापनालाई मूर्तरूप दिने आवश्यकता सम्झनु भयो । नेपाली भाषा र साहित्य संवर्धन र विकास गर्नु र त्यस प्रयोजनका निम्ति विद्या सुसंगत सूचनाको विकास र प्रसारणका निम्ति सुविधाहरू प्रदान गर्न दूर शिक्षा पद्धतिको माध्यमबाट नेपालीलाई लोकप्रिय बनाउने प्रयासको शुरुवात गरियो । अमेरिकामा कर्मथलोबनाउदै आउनु भएका साहित्यकारहरुको असिम सहयोगबाट साहित्यकार,साहित्य अनुरागी एवं साहित्य प्रेमीहरूको हातेमालो गर्दै संस्थाको विकाश हुँदै बगैंचामा हजारौ कोपिला फूल फस्टाउँन लाग्दै र कतै लटरम्म फुलेका र फक्रेका फूलवाट वासना टाडा टाडासम्म आएको हुँदा त्यसको मिठो वासनाको आनन्दमा रमाउने र महसुस गर्न हरेक एक नेपालीले आफ्नो मातृभूमि प्रतिको माँयाले ओतप्रोत हुन थाले ्र यसलाई अझै विश्वव्यापी बनाएर देश र राष्ट्रिय भाषालाई गुन्जायमा गराउन अध्यक्ष तथा कवि साहित्यकार श्रीपदम विश्वकर्मा ज्यूले साहित्यको शिक्षा सर्वसाधारण नेपालीसम्म पुग्न सकोस भन्ने हेतुले ,रेडियो प्रसारण,भिडियोप्रसारण तथा अन्य भेला कार्यक्रम गराई,नेपाली भाषा चिनाउन र साहित्य हरेक नेपालीको आफ्नो भाषा बनोस भन्ने हेतुले बिभिन्न राष्ट्रमा काव्य गोष्ठी तथा सम्मेलनहरु गराई टेवा दिदै आउनु भएकोछभने साहित्यको घरको दरिलो विम्व बनेर आफु उभिनु भएको छ त्यस्तै आ(आफ्नो कर्म भुमि बनाउदै आउनु भएको राष्ट्र र क्षेत्रमा सक्रिय तथा सफल प्रभावकारी साहित्यकार श्री भीमसेन सापकोटा श्रीमती सानु घिमिरे श्री राधेश्याम लेकालीको उत्कट आकाँक्षावाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको भेलाहरु मध्य महिला दोश्रो सम्मेलन तथा काव्य गोष्ठीको ठुलो भार आफ्नो काधमा बोकेर सिड्नीको अस्ट्रेलियामा अन्य साहित्यकार मित्रहरुको हातेमालोमा विश्वभरी छरिएर रहेका साहित्यकारहरुलाई बोलाइ सहभागी दिलाउने यो अबश्वरले नेपालीलाई एकार्का विच चिनाउने मात्र नभएर आत्मा जोड्ने कार्य भएको पाइन्छ ्रअन्तराष्ट्रिय साहित्य समाजका शाखाहरु अहिले विश्वको ८७ देशहरुमा विस्तारित भैसकेको छ । अनेसास इजरायलमा आबद्द भएर इजरायलमा धेरै सिर्जनशील मनहरुले आफ्नो प्रतिभा प्रस्फुटन गरिरहेका छन् १ यस्तो पवित्र साहित्य नेपाली भावनाहरू एवं विचारहरूका अभिव्यक्तिको माध्यमको रूपमा संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रीय मन्चमा आफ्नो समुचित स्थान ग्रहण गर्न सफल भएको देखिन्छ । अर्को तिर विदेशमात्र नभई सम्पूर्ण विश्वमा छरिएर बसेका नेपाली मूलका व्यक्तिहरू बीच भाषायी आदान ( प्रदान समन्वय हेतु नेपाली एउटा अन्तराष्ट्रीय भाषाको रूपमा नेपालीको सम्पूर्ण संभावनाहरूको विकास र संबर्धनका निम्ति यस्तो परिकल्पना गर्नु चानचुने कुरा होइन किन कि अन्तर्राष्ट्रिय भाषाको रूपमा नेपालीको सम्पूर्ण संभावनाहरूको विकास संबर्धनका निम्ति एउटा केन्द्रीय विश्वविद्यालय आगामी दिनमा स्थापना हुन सकोस भन्ने शुभकामना सहित म जस्तो भरखरै साहित्यको दुदे कलम समात्न कोशिस गर्ने वेलामा यस्तो महान कवि गोष्ठी तथा महिला सम्मेलनमा निमन्त्रना गरि कार्यक्रममा सहभागी हुने अबश्वर दिनु भएकोमा मुरीमुरी धन्यबाद दिदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दछु। –

-निशा अर्याल ,इजरायल

Comments

comments

सम्बन्धित शिर्षकहरु