कीर्तिमानी मेस्सीको अर्को रेकर्ड, ला लिगामा बनाए ३ सय गोल

lionel-messi-620काठमाडौं, अर्जेन्टाइन स्ट्रायकर लिओनल मेस्सीले स्पेनिस ला लिगामा ३ सय गोलको कीर्तिमान खडा गरेको छन् । यो सँगै ला लिगामा ३ सय गोल गर्ने उनी पहिलो फुटबलर समेतबनेका छन् ।

बार्सिलोनाले स्पोटिङ गिजोनलाई ३–१ गोल अन्तरले पराजित गर्ने क्रममा मेस्सीले दुई गोल गरे । स्पोटिङ गिजोनको घरेलु मैदानमा भएको खेलमा मेस्सीले २५ औं मिनेटमा गोल गरे । यो नै उनको ला लिगामा ३ सयौं गोल थियो ।

खेलको २७ औं मिनेटमा घरेलु टोलीले बराबरी गोल फर्कायो । तर, चार मिनेटपछि नै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ६७ औं मिनेटमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोना ३–१ ले विजयी भएको छ र ६ अंकको अग्रता लिएको छ । साथै ३१ खेलको अपराजित रेकर्ड समेत बनेको छ । – एजेन्सी

Comments

comments

सम्बन्धित शिर्षकहरु