नेपाली राष्ट्रिय फुटबल टोलीलाई नयाको यस्तो घोषणा

अष्ट्रेलिया, अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको संस्था नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाले साग विजेता नेपाली फुटवलटिमलाई एक लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ। संस्थाका अध्यक्ष कोमल पाठकले नेपाली युवाहरुले फुटबलको माध्यमबाट देशको गौरव बढाउन खेलेको भूमिकाको कदर गर्दै तत्कालका लागि यस्तो निर्णय गरेको बताए । उनले अष्ट्रेलियामा रहेका अन्य संघसंस्थासँग पनि सहकार्य गरेर यो रकमलाई अझ बृद्धि गर्न प्रयास गरिने समेत बताएका छन् । ‘यो हामी विश्वभरि रहेका नेपालीहरुको लागि गौरव र खुसीको को कुरा हो,’ उनले भने, ‘नेपालले जुन स्तरको फुटबल प्रदर्शन गरेको छ यो वास्तवमै भरोसायोग्य छ । यस्तो खेललाई अझ बढी प्रोत्साहित गर्नुपर्दछ ।’

अष्ट्रेलियाका विभिन्न राज्यमा पनि नेपाली युवाहरु फुटबलमा बढी आकर्षित छन् । अष्ट्रेलियामा क्रिकेट, रग्वीतर्फ बढी अष्ट्रेलियनहरु झुकेको भएपनि नेपाली समूदाय भने फुटबलमा  आकर्षित रहँदै आएका छन् र फुटवलरहरुको क्षमता प्रदर्शनका लागि वर्षेनी विभिन्न प्रतियोगिताहरु पनि आयोजना हुने गर्दछ ।

महान खेलाडीलाई बधाई !!! भर्खरै सम्पन्न साफ खेलकुद अन्तर्गत पुरूष फुटबल प्रतियोगितामा भारतलाई हराइ सारा नेपाल र नेपालील…

Posted by NAYA – Nepali Australian Youth Association on Tuesday, February 16, 2016

Comments

comments

सम्बन्धित शिर्षकहरु