बस दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

Sindhupalchok-FSP mid-Nov13 to mid-March14फागुन ६ । चौतारा, सिन्धुपाल्चोकको बराम्चीमा बुधबार बेलुका यात्रु बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ भने अन्य नौजना घाइते भएका छन् ।

मृत्यु हुनेमा बराम्ची गाविस–९ की ४७ वर्षीया माइली तामाङ र सोही गाविस–६ का ५५ वर्षीय दावा स्याङ्बो छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरु सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

काठमाडौँबाट पाङ्तान गाविसको कात्तिकेतर्फ जाँदै गरेको बा२ख २७०२ नंको यात्रु बस ढाँडेनजिकको उकालो चढ्दा पछाडिको साप्ट भाँचिएर ओट लगाउँदालगाउँदै पछि हटेर करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो । घाइतेको राति नै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु