हनुमानढोका र नुवाकोट दरबार पुनर्निर्माणको जिम्मा चीनलाई दिइने

xDSC_7190-001.JPG.pagespeed.ic.352HB0-nlEकाठमाडौं, पुरातत्व विभागले यस वर्ष १ सय ४ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण प्रक्रिया अघि बढाउने भएको छ हनुमानढोकास्थित नौतले दरबार र नुवाकोटको साततले दरबारको पुनर्निर्माणको जिम्मा चीन सरकारले लिएको छ ।

भूकम्पबाट क्षति पुगेका काठमाडौं उपत्यकासहित देशभरमा पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि विभागले कार्ययोजना तयार गरेको छ ।

यस वर्ष मात्रै ७८ करोड रुपैयाँ पुराना सम्पदाहरुको पुनर्निर्माणमा खर्च हुने विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।

यो वर्ष बसन्तपुर क्षेत्रको त्रैलोक्य मोहनको मन्दिर, इन्द्रायणी, कंकेश्वरी, नरदेवी र जैसी देवलको पुनर्निर्माण विभागले नै गर्ने भएको छ ।

यसैगरी पाटनको जगतनारायण मन्दिर, भक्तपुरको कला संग्राहालय, फर्सीदेग, बत्सला देवीको मन्दिर, तव सत्तल, स्वयम्भुको प्रतापुर र अन्नपुर मन्दिर लगायत पुरातात्विक सम्पदाको पुनर्निर्माणको लागि विभागले काम अघि बढाएको महानिर्देशक दाहालले बताए ।

तत्काल पुनर्निर्माण गर्नुपर्ने संरचनाहरुको काम थालिसकेका छौं’ दाहालले भने(‘यो वर्ष वहुवर्षीय योजनाअन्तरगत ४३ वटा पुनर्निर्माणका काम सुरु हुनेछन् । तिनलाई निश्चित वर्षभित्रै सम्पन्न गर्ने योजना छ ।’

विभागले पुरातात्विक सम्पदाको पुनर्निर्माण जिम्मा विभिन्न देश र संस्थाहरुलाई दिएको छ । श्रीलंकन सरकारले बुङमतीस्थित रातो मच्छिन्द्रनाथको मन्दिर र आनन्दकुटी बिहार बनाउने भएको छ । त्यसका लागि श्रीलंकासँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

यसैगरी चीन सरकारले हनुमानढोकास्थित नौतले दरबार र नुवाकोटको सात तले दरबारको पुनर्निर्माणको जिम्मा लिएको छ । यसका लागि पनि अर्थ मन्त्रालयसँग चीन सरकारले एमओयु गरिसकेको छ ।

कन्जरभेसन हेरिटेज फाउण्डेसन नेपालले चाँगुनारायण मन्दिर परिसरका सत्तलहरुको पूनर्निर्माणको जिम्मा लिएको छ ।

यसैगरी काठमाडौं महानगरपालिकाले रानीपोखरी र काष्ठमण्डपका साथै माझुदेग बनाउने पक्का भइसकेको छ । रानीपोखरीको पुनर्निमाणका लागि टेण्डर आह्वान समेत भइसकेको छ ।

विभागले काष्ठमण्डपको डिजाइनको स्वीकृति दिनासाथ टेण्डर प्रक्रिया अघि बढाउने महानगरपालिकाको तयारी छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु