नेपाली राष्ट्रिय टिमलाई प्रधानमन्त्रीको बधाई

khadga-prasad-sharma-oliफागुन ४ । काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले १२औँ दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा उपाधि जितेकामा नेपाली राष्ट्रिय टिमलाई बधाई एवम् शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीले साग खेलकुदमा २३ वर्षपछि प्राप्त जितले नेपालको शिर उचो बनाएको भन्दै खेलाडी, प्रशिक्षक एवम् खेलसँग सम्बन्धित सबै सरोकारवाला पक्षलाई आफ्नो व्यक्तिगततर्फबाट र सरकारको तर्फबाट एक विज्ञप्ति जारी गरी बधाई दिए। उनले भनेका छन् – “नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ । सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।”

प्रधानमन्त्रीले सागको महिला फुटबल टिम पनि फाइनलसम्म पुग्न सफल भएकामा बधाई दिँदै आगामी दिनमा अझै राम्रो तयारी गर्न सुझाव दिएका छन्।

साथै सागमा स्वर्ण, रजत र काँस्य पदक विजेता खेलाडीलाई पनि प्रधानमन्त्रीले बधाई दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु