कोइरालाको निधनमा अष्ट्रेलियाबासी नेपाली शोकमग्न

अष्ट्रेलिया, कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा अष्ट्रेलियावासी नेपाली समूदाय पनि शोकमग्न भएका छन् । यसैअनुरुप रकडेल ब्वाईजको आयोजनामा सिड्नीको रकडेलमा कोइरालाको श्रद्धाञ्जली बिहीबार आयोजना गरियो । स्थानीयवासी सहभागी उक्त कार्यक्रममा कोइरालाको नेपाली राजनीतिमा योगदान, संंविधान निर्माणमा भूमिका लगायतका विषयमा चर्चा परिचर्चा भयो।

उपस्थित नेपाली समूदायले शोक पुस्तिकामा हस्ताक्षर गर्नुका साथै एक मिनेट मौन धारण समेत गरेका थिए । कार्यक्रममा एनआरएन सल्लाहकार मन केसी, जनसम्पर्क समिति अष्ट्रेलियाका प्रेम सापकोटा लगायतले कोइरालाको निष्ठापूर्ण राजनीतिबाट सिक्ने धेरै कुरा भएको बताए । कार्यक्रममा एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेल, सचिव भुपाल सिटौला, भिष्म भण्डारी, नयाका अध्यक्ष कोमल पाठक, व्यवसायी युवराज भट्टराई, शीतल गिरी, जनसम्पर्क समिति अष्ट्रेलियाका सुरेश गुरुङ, अर्जुन केसीलगायत उपस्थित थिए ।

रकडेल ब्वाईजका किरण बराल, रोशल घले लगायतको संयोजनमा भएको कार्यक्रममा रामचन्द्र भुसालले स्वर्गीय कोइरालाको जीवनका विषयमा जानकारी दिएका थिए । कोइरालाको असामयिक निधनले अष्ट्रेलियावासी नेपालीहरु शोकमा छन् भने विभिन्न संघ संस्थाले कोइरालाको आत्माको चीर शान्तिको कामना गर्दै विभिन्न कार्यक्रम गरेका छन् ।

यस्तै कोइरालालाई श्रद्धाञ्जली दिन भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा पनि शोक पुस्तिका राखिएको बताइएको छ । यसैगरी कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न सिड्नीको महावाणिज्यदूतको कार्यालयमा शोक पुस्तिका राखिएका त्यहाँका नेपाली समूदायले असनेपालन्युजलाई जानकारी दिएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु