प्रधानमन्त्रीले राउटेलाई दिए जुत्ता उपहार !

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भेटका लागि बालुवाटार आएका राउटेका मुखियालाई जुत्ता उपहार दिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास आएका राउटेका मुखियाहरूलाई ओलीले जुत्ता सहित कपडा किनेर दिएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा राउटेहरूले आफूहरुलाई चाडवाड मनाउन सरकारले सहयोग गर्नुपर्ने माग राखे ।

प्रधानमन्त्री ओलीले उनीहरुलाई आधुनिक जीवनशैली अपनाउन आग्रह गरेका थिए । ‘तपाईंहरू जंगलबाट गाउँ आउनुहोस्,’ प्रधानमन्त्रीले भेटमा भने, बरू सहरमा आएर बसेपनि हुन्छ ।’ भेटका अवसरमा प्रधानमन्त्रीले आधुनिक जीवनशैली अपनाउनका लागि राउटेहरूलाई राज्यले सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका थिए । परम्परागत संस्कृतिको संरक्षण गर्दै जीवनशैलीलाई आधुनिक बनाएमा राउटेहरुको भविष्य सुनिश्चित हुने प्रधानमन्त्रीको विश्वास थियो ।

सम्बन्धित शिर्षकहरु