कोइरालाको मृत्युबारे प्रश्नमाथि प्रश्न

sushil-koirala-1-640x330पूर्वप्रधानमन्त्री र देशको सबैभन्दा ठूलो दलको सभापति पाँच दिनदेखि गम्भीर बिरामी हुँदा पनि अस्पतालको बेडमा समेत पुग्न नपाई मृत्युवरण गर्न बाध्य भए, यस्तो लापरबाही कसरी भयो ?
भाइ विजय भन्छन्– अस्पताल लग्न भनेको थिएँ, तर लगिएन

दाजुको निधनपछि भाइ विजय नेपालगन्जबाट काठमाडौं आएका छन्, तर अस्पताल किन लगिएन, सर्वसाधारणलाई जस्तै उनलाई पनि थाहा छैन । दाइ सिकिस्त भएको खबर आएपछि तुरुन्त अस्पताल लग्न सुझाब दिएको उनको भनाइ छ, उनले भने, ‘अस्पताल किन लगिएन म पनि आश्चर्यमा छु’

भाइ विजयको गुनासो
बिरामी भएपछि दाजुलाई हस्पिटल लग्नुपर्ने थियो । हस्पिटल लगेको भए ‘प्रोपोगान्डा’ हुने थिएन । डाक्टर (करवीर योगी) पनि सँगै हुनुहुन्थ्यो । उहाँले स्टेटमेन्टमा बेड पनि बुक गराएको समाचारमा आएका छन् । डाक्टरले एम्बुलेन्स उपलब्ध भएन भन्नुभएको छ । एम्बुलेन्स खोज्दाखोज्दै उहाँ बित्नुभयो । तर, यो कस्तो एम्बुलेन्स खोजाइ हो ? अन्तिम अवस्थामा त्यही घर (महाराजगन्ज)मा नै गाडी थियो, बोकेर गाडीमा राखेर लग्न सकिन्थ्यो । अन्तिम घडी भए पनि लिएर जाऔँ भन्ने विचार गरेजस्तो त देखिन्छ । राति जुन वेला मलाई फोन आएको थियो त्यतिखेर लान खोजेको जस्तो लाग्छ । फोन आउँदा मैले हस्पिटलमा लिएर जाऊ भनेको पनि थिएँ । हस्पिटल लगेको मात्र भए पनि अहिले विवादास्पद कुरा बाहिर आउने थिएनन् । हस्पिटल नलग्नु गल्ती भएको हो ।

चन्दन लगाउन दैनिक एउटा भाइ महाराजगन्ज आउँथे । अरुण पौडेल नामका ती भाइ सुशील’दा बितेको दिन पनि आए । उनले घटना थाहा पाइसकेका थिए । अघिपछि साधारण टीका मात्र लगाउने गरिएको थियो । तर, मृत्यु भइसकेकाले त्यो भाइले अघिपछिभन्दा अलि बढी चन्दन निधारमा लगाइदिए । तर, चन्दनको विषयलाई ‘इलाबोरेट’ गरेर हल्ला गरिएको छ । मैले पनि निधारमा रातो देखेको थिएँ । त्यो रातो के हो ? भगवान् जाने । चन्दनको तल अबिर टाँसिएर रातो भएको पनि हुन सक्छ ।

मृदुला भन्छिन् : डाक्टर नै पोलिटिसियन भए
सुशील कोइराला प्रधानमन्त्री हुादा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला पनि उपचारमा लापरबाही भएको गुनासो गर्छिन् । सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउासो कार्यकर्ताले निधारको घाउ के हो ? बाथरुममा लडेको सत्य हो कि होइन ? पूर्वप्रधानमन्त्रीजस्ता मान्छेलाई किन अस्पताल लगिएन भन्नेजस्ता प्रश्नहरू सोधिरहेका थिए । मृदुलासाग यी प्रश्नको जवाफ थिएन, बरु उनी थप आक्रोशित भइरहेकी थिइन् । ‘हाम्रो डाक्टर, डाक्टरभन्दा पोलिटिसियन बढी भयो । सुरुमै प्रस्ट बोल्नुको सट्टा अलमल्याउने कुरा बोले, त्यसपछि पटकपटक कुरा फेरे । त्यसैले झन् अलमल भएको छ,’ उनी भन्दै थिइन् ।

पूर्वप्रधानमन्त्रीका लागि एम्बुलेन्ससमेत खोज्न सकिएन
वर्षाौदेखि कोइरालाको उपचार गरिरहेका निजी चिकित्सक करवीरनाथ योगी कोइराला पछिल्लोपटक बिरामी हुादा पनि उपचारमा संलग्न थिए । तर, पाँच दिनदेखि बिरामी हुादा पनि अस्पताल किन लगिएन ? उनले कोइरालाको निधनको दुई दिनपछि जवाफ दिएका छन्, तर जवाफले झन् धेरै प्रश्न उठेका छन्

निजी चिकित्सकका नौ तर्क
कसैले पनि ‘इन्टेन्सनल्ली’ अस्पताल नलगेको होइन, समय र परिस्थितिले यस्तो हुन गयो । हुन त शिक्षण अस्पताल मेरै अस्पताल हो । डाइरेक्टर लगायत मेरै साथी हुन् । अस्पतालको एक्स्टेन्सनमा मैले १३ पटक फोन गरेँ, तर उठेन । त्यहाँ बस्ने मान्छे दिसा–पिसाब गएको हुन सक्छ । मलाई केही अबगाल आउला कि भनेर मैले फोन गरेको फोटो खिचेर राखेको छु ।
सुशील दाइलाई उपचार गराउन मैले अर्को अस्पतालमा पनि फोन गर्न खोजेँ, तर नजिकको कुनै नम्बर थिएन । त्यसपछि मैले पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई पनि तीनपटक फोन गरेँ, उहाँको पनि फोन उठेन ।
अक्सिजन जडान एम्बुलेन्सका लागि त्रिवि शिक्षण अस्पतालमा १३ पटकसम्म सम्पर्क गरेँ, तर फोन उठेन । सो समयमा अस्पताल लान अक्सिजन भएका अन्य सवारीसमेत पाइएन ।
सुशील दाइको टाउकोमा चोट लागेको भनेर टिप्पणी भएको छ । तर, त्यस्तो चोट केही पनि थिएन । आर्यघाटमा नुहाइदिादा चन्दन पखालिएको थियो, तर घाउ भेटिएन । त्यसैले चोट लागेको थियो भन्ने आधार छैन । सोमबार राति उहाँ कतै पनि लड्नुभएको छैन ।
आइतबार राति बाथरुममा लड्न लाग्दा बेसिनमा समातेर जोगिनुभयो भन्ने हो, टाउको ठोकियो होला, तर निधारमा कुनै चोट थिएन । सिरकमा देखिएको रगत अन्तिम समयमा तीनवटा इन्जेक्सन लगाउँदा निस्किएको हो । अन्तिम अवस्थामा अस्पताल लैजान नपाए पनि चिकित्सकीय इथिक्समै रहेर काम गरेको छु ।
त्यो दिन पनि दिउँसो जाउलो खाँदा ठीक हुँदै गयो भन्ने भान भयो । अघिल्लो दिनभन्दा सोमबार राम्रो पनि हुँदै गएको थियो । बेलुका एकैपटक समस्या बढेपछि अतुलजीले पनि परिवारका अरू सदस्यलाई भन्न भ्याउनुभएन ।
दिउँसो अलि ठीक भएपछि परिवारसँग सल्लाह हुन पाएन । तत्काल यस्तो होला भन्ने मैले पनि कल्पना गरेको थिइनँ । दिउासोभरिको ‘इम्प्रुभमेन्ट’ ले गर्दा अस्पताल नलैजाऊा भन्ने सल्लाह भयो । राति स्थिति बिग्रिएपछि लैजाने समय कम भयो । उहाालाई ठुल्ठूला रोगबाट बचाइयो, तर रुघाखोकी बिग्रिएर र निमोनियाले निधन भयो ।
सुशील दाइको निवासमा म पनि परिवारको सदस्य नै हो । जहिले पनि समस्या हुँदा अतुलजी, म, शशांक दाइ मिलेर समाधान गथ्र्यौँ । अलिअलि रुघाखोकी, ज्वरो आउने, श्वास–प्रश्वाससम्बन्धी समस्या देखिने हुन्थ्यो । एन्टिबायोटिक खुवाउँदा ठीक हुन्थ्यो, कहिले आफैँ ठीक हुन्थ्यो । यसपालि हामी पनि झुक्कियौ ।
कडा रोगहरू निको पारेको अवस्थामा रुघाखोकी बिग्रिएर त्यो पनि अस्पताल नै लान नपाएर मृत्यु हुँदा मलाई पनि नराम्रो लागेको छ । उहाँ मेरो बुबासमान हो । पछिल्लोपटक क्यान्सरको उपचार गर्दा अमेरिकामा एउटै कोठामा पाँच हप्ता सँगै सुत्यौँ । त्यसवेला उहाँलाई निकै गाह्रो हुन्थ्यो । मैले नै नर्स र चिकित्सक दुवै काम गर्थेँ । मेरै आँखाअगाडि उहाँले प्राण त्याग गर्दा म आफैँ भक्कानिएँ । -नयाँ पत्रिका

Comments

comments

सम्बन्धित शिर्षकहरु