परोपकारमा रुपन्देहि सञ्जालको ” साँस्कृतिक साँझ”

12647432_841274592666433_8695702473322236108_nअसनेपालन्युज । महेश्वर शर्मा , सिड्नी ।
नेपालको विभिन्न ठाउँमा रहेका असक्त अनाथ वालबालिका तथा बृद्ध बुबा आमाको सहयोगार्थ नेपाली नयाँ बर्ष साँगितीक साँझ हुने भएको छ। रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले (Rupandehi Social Network Australia) आयोजना गर्ने कार्यक्रममा ख्याती प्राप्त गायक यम बराल गायीका आकाँक्षा बस्याल,गायीका सुजाता मानन्धर उपाध्यया,सनुप पौडेल ले आफ्नो जोडदार प्रस्तुती दिनेछन। कार्यक्रम ९ अप्रिल २०१६ का दिन Orion Reception Centre 155 Beamish St Campsie मा हुने भएको छ।रुपन्देही सामाजिक सञ्जालका साँस्कृतिक संयोजक इश्वर पोखरेल अविरलले पवित्र कार्य को लागि गर्न लागिएको कार्यक्रमा सम्पूण नेपाली समुदायलाई उपस्थितीको लागि हार्दिक आवहान गरेकाछन। साँझ ५ बजेबाट शुरुहुने कार्यक्रमको टिकट $३० तोकिएको छ भने VIP को लागि $ ७५ रहेको छ। असनेपाल न्युज सँग कुरा गर्दै पोखरेलले बृस्तित जानकारिको लागि इश्वर पोखरेल अविरल 0410441412 सन्तोष केसि 0404811659 र कृष्ण गैरे 0434057761 लाई फोन सम्पर्क गर्न सकिने बताए।

Comments

comments

सम्बन्धित शिर्षकहरु