कोइरालाको मृत्युको शोकमा अन्तर्राष्ट्रिय समुदायपनि

g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL :j= ;'zLn sf]O/fnf kfly{j ;/L/nfO{ kf6L{ sfof{no nfb}  . tl:a/M k|bLk/fh jGt ,/f;;

काठमाडौँ,  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र सङ्घ, युरोपेली सङ्घ, सोसलिस्ट इन्टरनेसनल र जापानले शोक व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुनले नेता कोइरालाको असामयिक निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उहाँ सबैका आदरणीय राजनेता हुनुहुन्थ्यो भनेका छन् ।

महासचिवका तर्फबाट उनका प्रवक्ताले आज जारी गरेको वक्तव्यमा महासचिव बानले जटिल सङ्क्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गरेको बताएका छन् ।

सहमति, समझदारीको भावनाबाट प्रेरित भएर नेता कोइरालाले नेपाली जनता र राजनीतिक दललाई एकताबद्ध गर्नुभएको स्मरण गर्दै महासचिव बानले त्यसबाट नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियामा ठूलो योगदान पुगको बताएका छन् ।

महासचिव बानले कोइराला परिवार र नेपाली जनतामा हार्दिक समवेदना व्यक्त गरेका छन्।

सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले नेपाली काँग्रेसलाई आज एक समवेदना सन्देश पठाउँदै नेता कोइरालाको निधनबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको जनाएका छन्।

त्यसैगरी, नेपास्थित युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले सङ्घका तर्फबाट शोक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कोइरालाले लामो राजनीतिक अनिश्चितताबाट नेपाललाई अगाडि बढाउनुभएको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

नेता कोइरालाको इमान्दारी र दृढ प्रतिबद्धतापूर्ण सोचबाटै नेपालले नयाँ संविधान पाएको उल्लेख गर्दै उनले सन्देशमा नेपालको चौतर्फी विकास सुनिश्चित गर्न तथा द्विपक्षीय बाह्य कूटनीति प्रवद्र्धन गर्न उनमा स्पष्ट सोच थियो भनेका छन् ।

सन्देशमा राजदूत टिरिङले युरोपेली सङ्घको उनी शुभचिन्तक थिए भन्दै नेता कोइरालाका परिवारजन, नेपाली काँग्रेस र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

यस्तै जापानले पनि नेता कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै नेपालको लोकतान्त्रिकीकरण र संविधान जारी गर्न उनले निर्वाह गरेको ऐतिहासिक भूमिकाको स्मरण गरेको छ ।

नेपाली कांग्रेसका कावा सभापति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापान सरकार, त्यहाँका जनता र शोक सन्तप्त कोइराला परिवारमा हार्दिक सहानुभूति व्यक्त गरेका छन् ।

बङ्गलादेश र अमेरिकाद्वारा शोक व्यक्त

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै बङ्गलादेश र अमेरिकाले शोक व्यक्त गरेका छन् ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेललाई बुधबार एक शोक सन्देश पठाएर दिवङ्गत नेताप्रति हार्दिक श्रद्धाञ्जलि एवम् नेपाली काँग्रेस, नेपाली जनता र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

सन्देशमा प्रधानमन्त्री हसिनाले नेता कोइराला एक राजनेता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो भन्दै इतिहासको कठिन परिस्थितिमा उहाँले देखाउनुभएको दृढ नेतृत्व तथा महान् सीप र नेतृत्वको स्मरण गरेका छन् । उनले श्री कोइरालाको निधनबाट नेपालमात्र नभई समग्र दक्षिण एसियामा अपुरणीय क्षति भएको बताएका छन् ।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला उनले निर्वाह गरेको निःस्वार्थ एवम् साहसपूर्ण भूमिकाको आफ्नो मुलुकले सधैँ स्मरण गरिरहने उल्लेख गर्दै प्रधानमन्त्री हसिनाले सन्देशमा स्वर्गीय कोइरालाको आत्माको चिरशान्तिको कामना गरेका छन् ।

यसैबीच, नेपालस्थितस्थित अमेरिकी राजदूतावासले पनि नेता कोइरालाको निधनमा नेपाली जनताप्रति सहानुभूति एवम् ऐक्यबद्धता प्रकट गरेको छ ।

प्रजातन्त्रका हिमायती नेता कोइरालाको प्रधानमन्त्रीत्वकालमा नयाँ संविधान जारी हुनु महान् उपलब्धि भएको भन्दै अमेरिकाले नेपालको प्रजातान्त्रिक भविष्यप्रति प्रतिबद्ध कोइराला भावी पुस्ताका निम्ति दृष्टान्त बन्ने विश्वास व्यक्त गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु