‘सधैं जितेर आउनुहोस्’

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबल खेलाडीलाई सधैं ‘च्याम्पियन’ भएर सम्मानका लागि आफूलाई मौका दिन आग्रह गरेका छन् ।

बङ्गलादेशमा भर्खरै सम्पन्न बङ्गबन्धु गोल्डकपको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गर्दै उनले टोलीका खेलाडीलाई प्रतिप्रश्न गर्दै भने, “तपाइँहरुलाई यसरी नै सम्मान गरिरहन पाउँ, सधैं जितेर मौका दिनुहुन्छ हैन ?”

k|wfgdGqL lgjf; jfn'jf6f/df k|wfgdGqL s]kL zdf{ cf]nLåf/f aªuaGw' uf]N8sk pkflw ljh]tf g]kfnL /fli6«o km'6an 6Ldsf v]nf8LnfO{ laxLaf/ ;Ddfg u/]kl5 ;fd"lxs?kdf . tl:a/ M k|bLk/fh jGt, /f;;

प्रधानमन्त्री ओलीले २३ वर्षको अन्तरालपछि नेपाली टोलीले उपाधि जिताएर यसअघि लागेका खेल मिलेमतो म्याच फिक्सिङ लगायतका लज्जा बिर्साउँदै सम्पूर्ण फुटबललाई नै माथि उठाएको बताए ।

युवा फुटबल खेलाडीमा जितको भोक चढिसकेकाले आसन्न दक्षिण एसियाली खेलकुद सागको फुटबलमा पनि टोलीले स्वर्णपदक जित्नमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभएका उनले भने, “खेलमा जित्नैपर्छ, त्यसमा पनि नेपालले जित्नैपर्छ, त्यसैले सागमा स्वर्ण पदकको ट्रफी उचालेर आउनुहोस्, तपाइँहरुबाट देश र जनताले त्यही नै आशा गरेको छ ।”

प्रधानमन्त्री ओलीले नेपाली हावापानी, परिवेश र उकाली–ओराली प्राकृतिक रुपमै जित्नका लागि योग्य रहेको बताउँदै भने, “त्यसमा सीप, दक्षता र अनुशासन मिसाउनुहोस् ।” साथै, उनले ‘च्याम्पियन’ टोलीका सदस्यलाई जनही रु दुई÷दुई लाख दिन राष्ट्रिय खेलकुद परिषद् राखेपले सरकारलाई गरेको सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आर्थिक कारणले कतिपय खेलाडीको खेल र पारिवारिक जीवन कष्टपूर्ण रहेकाले आफू सुधारका लागि लागिपरेको बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले ‘च्याम्पियन टोली’का खेलाडी तथा पदाधिकारीलाई दिवाभोजको आयोजना गरेका थिए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु