निस्सासिएर सातको मृत्यु

Nissasiyara-1माघ १४ । काठमाडौं, ललितपुर, एकान्तकुनास्थित राम राउतको घरबाट शुक्रबार दिउसो साढे तीन बजे बाढीजस्तो गरी पानी निस्कियो ।

राउत के भयो भनी आत्तिदै हेर्न जादा पानी त माथिल्लो तलाको बाथरुमबाट निस्किएको रहेछ जहा दक्षिण कोरियाली दुई नागरिक डेरा गरी बस्दै आएका थिए । ढोका खुलै थियो । राउतले ढकढक गरे, कोही निस्किएन । बाथरुममा हेर्दा एक जना महिला बेहोस अवस्थामा भेटिइन् । राउतले तत्काल सोही घरमा बस्ने अर्की महिलालाई फोन गरेर बोलाए । बेहोस अवस्थामा भेटिएकी महिलाको अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो ।

प्रहरीका अनुसार २७ बर्षे दक्षिण कोरियाली महिला किम सोलीको बाथरुममा निस्सासिएर मृत्यु भएको थियो । बिहान १० बजे नुहाउन बाथरुम छिरेकी सोलीले भित्र रहेका सबै झ्यालढोका र भेन्टिलेसन थुनेर गिजर खोल्दा उत्पन्न ग्यासले निस्सासिएर प्राण गएको अुनसन्धानमा खुल्यो ।

प्रहरी त्यहा पुग्दा बाथरुमको धारा र गिजर खुलै थियो । भेन्टिलेसन र झ्यालढोका भने बन्द थिए । पोष्टमार्टम रिपोर्टमा सोलीको मृत्यु अक्सिजन कमीले श्वासप्रश्वास रोकिएर भएको देखियो ।

ललितपुरकै ठेचोमा पुस २२ गते यस्तै घटना भयो । चुलोमा कोइला बालेर खाना बनाउने क्रममा दार्चुलाका २२ बर्षे दिपक टमाटा, १९ बर्षे ससिता लामा र २६ बर्षे दिपक टमाटा बेहोस भए । स्थानीयले तत्काल प्रहरीलाई खबर गरी पाटन अस्पताल पुर्‍याएका तीन जनामध्ये २२ बर्षे दिपकको मृत्यु भयो । प्रहरी मुचुल्कामा साघुरो र हावा वारपार नहुने स्थानमा धुवाले निस्सासिएर एक जनाको ज्यान गएको उल्लेख छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार जिल्लामा कात्तिकदेखि हालसम्म सात जनाको निस्सासिएरै मृत्यु भइसकेको छ । नागरिक दैनिक ।

Comments

comments

सम्बन्धित शिर्षकहरु