स्पेनमा ६.१ रेक्टरस्केलको शक्तिशाली भूकम्प

माघ ११ । एजेन्सी, स्पेनको पर्यटकीय सहर मालागाबाट १०० माइला दक्षिणपूर्व केन्द्रविन्दू भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ४ः२२ मिनेट जाँदा २० माइल डेफ्थ भएको सो भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दू भएको स्थान मोरक्कन सहर अलहोकिमाबाट ४० माइल उत्तरमा पर्दछ। मुख्य भूकम्प गए लगत्तै ५.३ रेक्टर स्केलको अर्को परकम्प गएको थियो। भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

सन् २००४ मा गएको ६.३ रेक्टरस्केलको भूकम्पमा परी मोरक्कन सहर अल होकिसिमामा ६३१ जनाको मृत्यु भएको थियो।

अमेरिकाको अलास्कामा ६.८ को भूकम्प गएको भोलिपल्ट युरोपमा अर्को भूकम्प गएको हो। अलास्काको भूकम्पबाट ग्यास विस्फोट हुँदा चार घर ध्वस्त भएका थिए।

Comments

comments

सम्बन्धित शिर्षकहरु