महतोलाई विमानस्थलमै कालो झण्डा

yf nepalकाठमाडौं, भारतमा उपाचार गरेर स्वदेश फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई युवा संघले विमानस्थलमै कालो झण्डा देखाएको छ । संघका महासचिव किरण पौडेलको नेतृत्वमा गएका नेता तथा कार्यकर्ताहरूले महतोलाई कालो झण्डा देखाएको युवा संघका कार्यालय विभागका सदस्य समुद्र तिमल्सिनाले  जानकारी दिए ।

कालो झण्डा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव पौडेलले सम्बोधन गर्दै भने, ‘तराई मधेसमा नेता कार्यकर्ता माथि हमला हुन्छ भने हामी चुप लाग्न्ने कुरा हुँदैन । तराईमा नै गएर पनि बदला लिन तयार छौं  ।’

rajendra-mahato-3-1-768x407उनले शान्तिपूर्ण राजनीतिक गतिबिधि जसले पनि गर्न पाउने भन्दै हिंसात्मक गतिविधिलाई छुट दिन नहुने बिचार राखे । ‘सचेत युवाको भूमिका निर्वाह गर्दै विना बर्दीको प्रहरी बनेर खटिन तयार छौं, कोणसभामा उनले भने, ‘सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको पक्षमा युवा संघ जस्तोसुकै मूल्य चुकाउन तयार छ ।’

त्यस्तै उनले सामाजिक सद्भावका लागि युवा संघले खबरदारी गरिरहेको पनि बताए ।

Comments

comments

सम्बन्धित शिर्षकहरु