बैशाख १२ को पराकम्प रोकिएको छैन

काठमाडौं,शुक्रबार बेलुकी ६ बजेर ५० मिनेट जाँदा दोलखामा केन्द्रबिन्दु भएर ४।१ रिक्टर स्केलको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प गत बैशाख १२ गते गएको भूकम्पको पराकम्प गएको हो ।

गोरखा भूकम्प गएको १० महिना लाग्दासमेत परकम्प आउने क्रम रोकिएको छैन । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हालसम्म ४ रिक्टर स्केल माथिका ४ सय २५ वटा परकम्प गइसकेका छन् । ठूलो भूकम्प गइसकेपछि साना भूकम्प आउनु सामान्य भन्दै विज्ञहरुले नआत्तिन तर सचेत भएर बस्न आग्रह गर्दै आएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु