कक्षा ११ को नतिजा सार्वजनिक हुँदै

पुस ३० । काठमाडौ, उच्च माध्यमिक शिक्षा परिषदले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने भएको छ ।

सबै तयारी पूरा भइसकेकोेले आज परिक्षाफल प्रकाशित गरिने उच्च माध्यमिक शिक्षा परषदले जनाएको छ । परिक्षा समितिको बैठक बसेर परिक्षाफल प्रकाशित गर्न लागिएको हो ।

सबै तयारी पुरा भइसकेको र कुनै अप्ठ्यारो नआए साँझ सम्म नतिजा सार्वजनिक हुने परिषदले जनाएको छ । उच्च माध्यमिक शिक्षा परिषदले गत असार १गतेबाट संचालन गरेको कक्षा ११ को परिक्षामा करिब पाँच लाख बिध्यार्थीहरु सहभागी भएको थियो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु