यसो भन्छिन् दिपिका

एजेन्सी, केही दिनयता बलिउड अभिनेता रणवीर सिंहले अभिनेत्री दीपिका पादुकोणसँगको सम्बन्ध र प्रियंका चोपडाबारे मिडियासँग कुराकानी गरेका थिए । त्यसकै जवाफ हुनसक्छ, दीपिकाले पनि रणवीर सिंहबारे बोलेकी छिन् । त्यसो त अहिले यी दुईबीच ‘अफेयर’ चलिरहेको हल्ला छ । दीपिकाले रणवीरबारे भनिन्:

मैले पहिला पनि भनेकी छु– रणवीर र म एक–अर्कासँग अत्यन्त ‘क्लोज’ छौँ । हामी एक–अर्कासँग ‘कम्फर्टेबल’ पनि महसुस गर्छौँ । उनका अगाडि म ‘रियल’ दीपिका हुन्छु, उनीसँग अभिनय गर्दा पनि मलाई यस्तै लाग्छ । कतिपटक त मैले रणवीरसँग काम गर्दा म ‘रिल’का लागि काम गरिरहेकी छु भन्ने पनि बिर्सेकी छु ।

‘बाजिराव मस्तानी’ ‘रिलिज’ हुनुभन्दा अघिल्लो दिन हामी एकसाथ बसेर चकलेट खाइरहेका थियौँ । फिल्मका बाजिराव र मस्तानी चकलेट खाइरहेका थिए, तर फिल्ममा बाजिराव र मस्तानीलाई हेरेर सबै अचम्ममा परिरहेका थिए ।
मलाई अरूले हामीबारे के सोचिरहेका छन् भन्ने कुराले कुनै फरक पार्दैन । मलाई सरोकार भएको एउटै कुरा हो– हामी दुई जीवनभर सँगै रहन सकौँ । मेरो परिवार अहिले पनि बेंगलुरुमा छ । म यहाँ मुम्बईमा रणवीरको परिवारनिकट छु । मलाई लाग्छ, रणवीरको परिवार नै मेरो परिवार हो । नयाँ पत्रिका ।

Comments

comments

सम्बन्धित शिर्षकहरु