प्रस्तावित प्रदेश नम्बर ४ मा कांग्रेसको कार्यकर्ता भेला

BP_smriti_bhawan_Nepali_congressपोखरा, नेपाली कांग्रेसले नयाँ संविधानमा प्रस्ताव गरिएको प्रदेश नम्बर ४ मा कार्यकर्ता भेला गर्दै छ । पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा गर्न लागेको भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छन् ।

भोलिसम्म चल्ने भेलामा संविधान कार्यान्वयन र अन्र्तवस्तुमा उब्जिएका असन्तुष्टिका विषयमा प्रशिक्षण दिईने प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

यसअघि प्रदेश नम्बर १ का लागि विराटनगरमा भेला गरिसकेको प्रतिष्ठानले अन्य प्रदेशमा पनि कार्यक्रम गर्ने जनाएको छ । कार्यकर्ता प्रशिक्षण भनिएपनि नेताहरुले सो भेलालाई आसन्न महाधिवेशनका एजेण्डा र चुनावी अभियानका रुपमा उपयोग गरेका छन् । महाधिवेशन नजिकिएसगै प्रतिष्ठानले गरेको प्रशिक्षण कार्यक्रममा भोट माग्ने अभियान चलेको भन्दै कतिपयले भेलाको औचित्यमा नै प्रश्न उठाएका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु