किन जाँदैछन् पूर्व राष्ट्रपति यादव भारत ?

Nepal President Ram Baran Yadav in an undated file photo.
Nepal President Ram Baran Yadav in an undated file photo.

काठमाडौं पूर्व राष्ट्रपति डा. रामवरण यादव माघ दोस्रो साता भारत जाने भएका छन् ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रुपमा झण्डै ८ वर्ष लामो कार्यकाल सकाएर हाल फुर्सदमा रहेका यादव पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् । यादव ब्रहृमकुमारी राजयोगका निम्तोमा राजस्थान जान लागेको बताइएको छ ।

‘त्यहाँ प्रजापिता ब्रहृम कुमारी ऐश्वर्य विश्वविद्यालयको शतबाषिर्की कार्यक्रम छ । सोही कार्यक्रममा भारतका गृहमन्त्री राजनाथ सिंह, लोकसभाका सभामुख सुमित्रा महाजन, सहरी विकासमन्त्री एम भेनकाया नाइडू, पूर्व प्रधानमन्त्री एचडी देभे गौडा पनि सहभागी हुनुहुन्छ’ उनी निक स्रोतले भन्यो।

राजस्थानको कार्यक्रम सकिएपछि पूर्व राष्ट्रपति यादव दिल्ली जाने कार्यक्रम छ । राजस्थान र दिल्लीमा गरेर यादव करिव २ साता रहनेछन् ।

पूर्व राष्ट्रपति यादवले दिल्लीमा भारतका राष्ट्रपति प्रणव मुखर्जी लगायतलाई भेट्ने सम्भावना छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु